स्वास्थ्य मापदण्ड पूरा गरेका काठमाडौँ महानगरभित्रका विद्यालयले माथिल्ला कक्षाहरु असोज १० गतेबाट सञ्चालन गर्न सक्ने

स्वास्थ्य मापदण्ड पूरा गरेका काठमाडौँ महानगरभित्रका विद्यालयले माथिल्ला कक्षाहरु असोज १० गतेबाट सञ्चालन गर्न सक्ने

मेट्रो संवाददाता

८ असोज २०७८ ११:००

काठमाडौं, ८ असाेज । काठमाडौँ महानगरभित्रका वास्थ्य मापदण्ड पूरा गरेका विद्यालय असोज १० गते सञ्चालन गर्न सकिने नगर शिक्षा समितिले निर्णय गरेको छ । हिजो महानगरका प्रमुख एवं समितिका अध्यक्ष विद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेको बैठकले विद्यालय सञ्चालन गर्दा न्युनतम रुपमा पालना गर्नुपर्ने २७ बुँदे मापदण्डसहित यस्तो निर्णय गरेको हो ।

कोविड महामारीको अहिलेको अवस्थामा बालबालिकाको भविष्य र स्वास्थ्य सबैको चिन्ताको विषय हो । यसमा कोही पक्ष वा विपक्ष हुनुभन्दा सबैले विवेकपूर्ण व्यवहार गर्नुपर्छ ।

बैठकका अध्यक्ष शाक्यले भन्नुभयो, ‘सरकारले गरेका निर्णय विद्यालयहरुले पूर्ण पालना गर्नुपर्छ । अनुगमन आए पालना गरौँला, नत्र आफ्नो अनुकुल हेरौँला भन्ने सोच राख्नु हुन्न । विद्यालय सञ्चालन गर्न बालबालिकाको सम्पर्कमा हुने शिक्षक, कर्मचारी, चालक, सहचालकसँगै विद्यालयको सरसफाइ र सुरक्षामा खटिने सबैले कोविड १९ विरुद्धको खोप अनिवार्य लगाएको हुनुपर्छ । यदि कसैले लगाउन पाउनु भएको छैन भने हामी खोप उपलब्ध गराउँछौँ ।’

प्रमुख शाक्यले न्युनतम मापदण्डको कुरा गर्दै भन्नुभयो, ‘कक्षा सञ्चालन गर्नु अघि विद्यालय व्यवस्थापन समिति, अभिभावक, शिक्षक र सम्बन्धित वडाका प्रतिनिधि बसेर विद्यालय सञ्चालन वातावरणका विषयमा समझदारी बनाउनुपर्छ । त्यसपछि मात्र विद्यालय सञ्चालन गर्न सकिनेछ ।’

बैठकमा प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले, प्रतिकुल परिस्थिति व्यवस्थापनका लागि निर्णय भइरहेकोले यसप्रति सबै जिम्मेवार हुनुपर्ने धारणा राख्नुभएको थियो । बैठकमा कार्यपालिका सदस्यहरु, जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रशासकीय अधिकृत, प्याब्सन र एनप्याब्सनका प्रतिनिधिहरु, सामुदायिक विद्यालय विद्यालयका प्रधानाध्यापकसहित शिक्षा समितिका पदाधिकारीहरु सहभागी हुनुहुन्थ्यो ।

विद्यालय सञ्चालन गर्न तोकिएका मापदण्डको पूर्ण पालना गर्ने गराउने विषयमा शिक्षा विभागले अनुगमन गर्नेछ । शिक्षा अधिकारी रामप्रसाद सुवेदीकाअनुसार विद्यालयले कक्षा सञ्चालन विस्तृत कार्ययोजना बनाएर शिक्षा विभागमा पेश गर्नुपर्नेछ । यसमा भौतिक दुरी कायम गर्ने गराउने, मास्क लगाउने, हात धुने, ज्वरो मापन गर्ने, सामुहिक क्रियाकलाप नगराउने, खाजा घरबाटै लैजाने जस्ता विषयलाई मापदण्डमा कार्यान्वय योजना हुनुपर्नेछ ।

बैठकमा शिक्षा अधिकृत मोती भट्टराईले मापदण्ड पेश गर्नुभएको थियो ।

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता