मेट्रो संवाददाता
२० असोज २०७८ १३:३४

काठमाडौँ । काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्यले महानगरका सामुदायिक विद्यालयहरू संस्थागत विद्यालयका लागि प्रतिस्पर्धी भएको बताउनुभएकाे छ । आज शिवपुरी स्कूलको ७३ औँ वार्षिकोत्सव तथा सम्मान कार्यक्रमलाइ सम्बाेधन गर्दै प्रमुख शाक्यले यस्ताे बताउनुभएकाे हाे ।
प्रमुख शाक्यले स्वच्छ शैक्षिक प्रतिस्पर्धाबाट शैक्षिक गुणस्तर बढाउने योजना कार्यान्वयन भइरहेकाे बताउनुभयाे । यसै बर्षदेखि ५ वटा प्राविधिक विद्यालय सञ्चालन गर्न बजेटको व्यवस्था गरिएको बताउनुभयो ।

‘हामीले विज्ञान, प्रविधि, इन्जिनियरिङ, मानविकी र गणित शिक्षाको प्रवद्र्धनका लागि आविष्कार क्लव (स्टीम क्लब) को अवधारणा ल्याउँदा सामुदायिक विद्यालयहरुले कार्यक्रम सञ्चालन गर्ने आँट गर्नुभएकाे थिएन । अहिले उहाँहरु कार्यक्रम माग्न थाल्नुभएको छ । सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना दरमा प्रगति भएको छ ।’ शाक्यले भन्नुभयो, ‘निजी क्षेत्रबाट लगानी जोखिमको गुनासो आउन थालेको छ । हामीले निजी शैक्षिक क्षेत्रको लगानी जोखिम गराउने योजना बनाएका छैनौँ । हामी सामुदायिक विद्यालयको भौतिक अवस्था र शैक्षिक गुणस्तर सुधार गरेर प्रतिस्पर्धी बनाउँछौँ ।’
कार्यक्रममा पूर्वउपप्रधानमन्त्री ईश्वर पोखरेलले, विद्यालयलाई प्रविधियुक्त बनाउन सहयोग गर्ने बताउनुभयो । सामुदायिक विद्यालयबाट उत्पादन भएका जनशक्ति उच्च पदमा रहेर सेवा दिइरहनुभएको छ । सामुदायिक शैक्षिकत स्तरलाई जोगाउन सबैको प्रयास आवश्यक पर्छ । उहाँले, काठमाडौँ महानगरले शैक्षिक क्षेत्र सुधारका लागि अघि सारेका कार्यक्रमबाट परिणाम देखिन थालेको उल्लेख गर्नुभयो ।
शिवपुरी स्कूलमा यो बर्ष विद्यार्थी भर्नाको चाप थेग्न कठिन भयो । कार्यक्रममा वडा ३ का अध्यक्ष दीपक के. सी. ले महानगरले नीति र बजेटको व्यवस्था गरेपछि अवस्थामा परिवर्तन आएको उल्लेख गर्नुभयो ।
यो स्कूल नमूना विद्यालयका लागि छनौट भएको विद्यालय हो । यसमा आविष्कार क्लव कार्यक्रम सञ्चालनमा छ । विद्यालयका प्रधानाध्यापक दिवाकर दूरदर्शीकाअनुसार विद्यालयमा १ हजार २८९ विद्यार्थी छन् । विद्यालयमा प्राविधिकतर्फ कम्प्युटर इन्जिनियरिङ् अध्यापन हुन्छ । कक्षा ९ — १२ का लागि सञ्चालित यस कार्यक्रममा ५० जना विद्यार्थी अध्ययन गरिरहेका छन् ।
कार्यक्रममा प्रमुख विद्यासुन्दर शाक्य, उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ र वडाध्यक्ष दीपक के. सी. लाई सम्मान गरिएको थियो । स्थानीय भाषाको पाठ्यक्रम कार्यान्वयन गरेको, प्राविधिक शिक्षाको प्रवर्धनमा लगानी गरेको र विद्यालय शिक्षालाई प्रतिस्पर्धी बनाउन नीतिगत प्रबन्ध गरेको योगदानको कदर स्वरुप उहाँहरुलाई सम्मान गरिउको हो ।
RECOMENDED News
Latest News
काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल
काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...
२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता
काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल
काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...
२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता
साउन १३ मा महाबौद्धमा पञ्चदान र दीपंकर बुद्धको शोभायात्रा
काठमाडौँ । हरेक १२ वर्षमा आयोजना हुने सम्यक महादानको स्मरण गराउने उद्देश्यले साउन १३ गते काठमाडौँको महाबौद्ध महाविहारमा दीपंकर...
१० साउन २०८३ ११:२७ |मेट्रो संवाददाता
थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि
काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...


