मनमोहन स्मृति सामुदायिक अस्पताललाई काठमाडौं महानगरको १५ लाख अनुदान

मनमोहन स्मृति सामुदायिक अस्पताललाई काठमाडौं महानगरको १५ लाख अनुदान

मेट्रो संवाददाता

२३ असोज २०७८ १०:१५

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले दक्षिणकालीस्थित मनमोहन स्मृति सामुदायिक अस्पतालमा अक्सिजन प्लान्ट निर्माण गर्न सहयोग गर्ने भएको छ ।

शुक्रबार महानगरका प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठको रोहबरमा महानगरकातर्फबाट जनस्वास्थ्य विभागका प्रमुख हरिबहादुर कुँवर र अस्पतालकातर्फबाट कार्यवाहक अध्यक्ष पूर्णबहादुर शाहीले हस्ताक्षर गर्नुभयो ।

सम्झौताबमोजिम महानगरले प्लान्ट चलाउन १५ लाख रुपैयाँ अनुदान दिनेछ । अस्पतालले अन्य स्रोतबाट रकम थपेर प्लान्ट स्थापना गर्नेछ । सम्झौताबमोजिम सञ्चालन हुने प्लान्टमा ‘काठमाडौँ महानगरपालिकाको सहयोगमा सञ्चालित’ लेख्नुपर्नेछ ।

उपचारकै लागि काठमाडाैं आउनु पर्ने बाध्यता हटाउने उद्देश्यले महानगर बाहिरका अस्पतालहरूलाइ सहयाेग गर्ने काठमाडाैं महानगरपालिकाकाे नीति अनुरूप याे सम्झाैता भएकाे प्रमुख शाक्यले बताउनुभयाे ।

‘उपचारका लागि कसैले पनि काठमाडौँ आउन नपरोस् । उपचार आफ्नै ठाउँमा पाउन सक्नुहोस् । यसले गर्दा विरामीका परिवारको आर्थिक बोझ कम हुन्छ’, प्रमुख शाक्यको भन्नुभयाे, ‘यसका लागि काठमाडौँ महानगरले जिल्ला बाहिरको स्वास्थ्य सेवा सुधारमा सहयोग गरिरहेको छ ।’

त्यस क्रममा उहाँले दक्षिणकाली नगरमा पर्ने प्रसिद्ध धार्मिक दक्षिणकाली मन्दिर क्षेत्रको सुधारका लागि १ करोड रुपैयाँ र सार्वजनिक ठाउँमा हरियाली पार्क बनाउन १ करोड रुपैयाँ महानगरले आर्थिक सहयोग गरेको बताउनुभयो ।

कार्यक्रममा अस्पतालका कार्यवाहक अध्यक्ष शाहीले, मनमोहनको क्षमता विकास भएपछि काठमाडौँसहित ललितपुर र मकवानपुरका विरामीलाई उपचारमा सहज हुने बताउनुभयो । अक्सिजन प्लान्ट स्थापना भएपछि अस्पतालले दिने उपचारको स्तर र खर्चमा सहयोग पुग्ने बताउनुभयो ।

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता