मेट्रो संवाददाता
२५ असोज २०७८ ७:३७
काठमाडाैं । हनुमानढोका दरबार परिसरबाट झन्डै ५०० मिटरको दुरीमा रहेको धर्मपथस्थित कामपाको पुरानो भवन रहेको खाली जग्गामा काठमाडौं महानगरपालिकाले काठमाडौंकै पहिचान प्रतिबिम्बत हुने गरी सांस्कृतिक भवन बनाउने योजना अघि सारिएको छ ।
‘येँ देय् सांस्कृतिक छेँ’ नाम रहने उक्त भवन कामपा २२ वडास्थित पुरानो भंसार टोलमा महानगरले निर्माण गरिने छ । हाल खुल्ला पार्किङको रूपमा प्रयोग गरिएको उक्त जग्गाको क्षेत्रफल ८२६.६३ वर्ग मिटर (करिब १ रोपनी १० आना) रहेको छ ।

पूर्ण रुपले काठमाडौंको मल्लकालीन वास्तुशैलीमा आधारित भई निर्माण गरिने उक्त सांस्कृतिक भवनको बीचमा परम्परागत बहाल शैलीमा निर्मित एक चोक पनि रहने छ । भवनमा विभिन्न प्रकारका काष्ठकलाले भरिएका कलात्मक झ्यालहरू जडित हुनेछन् ।
काठमाडौँ महानगरपालिका कला, संस्कृति, वास्तुकला एवं मूर्त/अमूर्त सम्पदामा निक्कै नै धनी शहरका रुपमा विश्व समक्ष प्रख्यात छ । हालको बढ्दो शहरीकरण तथा बदलिँदो जीवन शैलीसँगै सम्पदा संरक्षणको अभावले गर्दा यहाँ विद्यमान महत्वपूर्ण धरोहरहरू क्रमशः लोप हुने अवस्थामा रहेका छन् । यसै कुरालाई मध्यनजर गर्दै काठमाडौंको परम्परागत कला, संस्कृतिको विविधता र भावनाको बारेमा जानकारी संकलन र सम्प्रेषण तथा सम्पदा प्रवर्धन गर्ने उद्देश्यले यस ‘येँ देय् सांस्कृतिक छेँ’को अवधारणा प्रस्तुत गरिएको हो ।

यो भवनको प्रयोग काठमाडौं बारे अध्ययन अनुसन्धान गर्ने बौद्धिक एवं प्राज्ञिक कार्यको लागि गरिने छ । यहाँ काठमाडौं बारे कुनै पनि प्रकारको जानकारी प्राप्त गर्न सकिने सूचना केन्द्र, काठमाडौं उपत्यकाको कला, संस्कृति, वास्तु, भाषा, जाति सम्बन्धी पुस्तक एवं शोधग्रन्थहरू संग्रहित रहेको पुस्तकालय, फिल्म, डकुमेन्ट्री आदि जस्ता सामग्रीहरू रहने छन् । आवश्यक अनुसन्धाताहरूले त्यहीं बसी ती सामग्रीहरूको अध्ययन गर्न सक्छन् । साथै त्यहाँ साना गोष्ठी एवं सेमिनारहरू सञ्चालन गर्ने हल पनि रहनेछ ।

भवनको तल्ला विभाजन अनुसार भुइँतल्लामा आगन्तुक कक्ष, चीबाहाः सहितको मुल चोक, हाम्रो काठमाडौँ बजार, पर्यटक सूचना केन्द्र, बहुउद्देश्यीय हल, क्याफे, कोसेली घर, प्रदर्शनी कक्ष जस्ता स्थानहरू रहने छन् । पहिलो तल्लामा काठमाडौँ संग्रहालय, दुई वटा श्रव्य–दृश्य हलहरु, बैठक कक्ष रहने छ । दोस्रो तल्लामा काठमाडौँ संग्रहालय, एउटा श्रव्य–दृश्य हल र बैठक कक्ष रहने छ । तेस्रो तल्लामा काठमाडौँ पुस्तकालय, बैठक कक्ष, शौचालय रहने छ भने चौथो तल्लामा काठमाडौँ उत्पादनहरू सम्बन्धी अनुसन्धान र विकासको लागि कार्यकक्ष रहने छ ।
समय सापेक्ष ढंगबाट काठमाडौँ महानगरपालिकाको पहिचान बोकेका कुनै पनि वस्तुहरुको ब्रान्ड प्रवद्र्धन तथा बिस्तार गर्ने उद्देश्यले यहाँ ‘हाम्रो काठमाडौँ बजार पसल’ रहने छ । त्यहाँ काठमाडौंमा उत्पादन भएका विभिन्न सामग्रीहरू बिक्री वितरण गरिने छ ।
यो पूरै भवन वातावरण मैत्री तथा अपाङ्ग मैत्री हुनेछ । साथै कामको स्वरुप अनुरुप आन्तरिक कार्यक्षेत्रको योजना गरी समन्वकारी कार्यकक्षलाई प्रोत्साहन हुने गरी खुला योजनाको अवधारणा अनुरुप डिजाइन गरिएको छ । आन्तरिक एवं बाह्य पर्यटकहरूले यहाँ आई काठमाडौं सम्बन्धी कुनै पनि प्रकारका जानकारीहरू हासिल गर्न सक्दछन् ।

काठमाडौं महानगरपालिकाले नगरको तल्लो भेगको इतिहासलाई जीवन्त बनाउन त्यस क्षेत्रको पनि अध्ययन गर्ने उद्देश्य लिएको छ । लिच्छविकालमा दक्षिण कोलिग्रामका नामले परिचित यस क्षेत्रमा अझै पनि लिच्छविकालीन र मल्लकालीन सांस्कृतिक सम्पदा, शिलालेखहरू प्रशस्त पाइएका छन् । त्यसको अनुसन्धान गरी यसको केन्द्रका रूपमा पनि येँ देय् सांस्कृतिक छेँलाई प्रयोग गर्न सकिने योजना बनाइएको छ ।
यो कलात्मक भवनको निर्माणले उक्त क्षेत्रको स्वरुपलाई नै नयाँपन दिनुका लागि काठमाडौंको अध्ययन अनुसन्धान कार्यलाई पनि यसले नयाँ आयाम दिने विश्वास लिइएको छ ।

RECOMENDED News
Latest News
Kingdom Bonus Review: UK Welcome Offer, Wagering Requirements & Mobile Play
Kingdom Casino Bonus – Practical Guide for UK Players What is the Kingdom Bonus? The Kingdom bonus is the...
२० असोज २०८३ १७:४२ |मेट्रो संवाददाता
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
साउन १३ मा महाबौद्धमा पञ्चदान र दीपंकर बुद्धको शोभायात्रा
काठमाडौँ । हरेक १२ वर्षमा आयोजना हुने सम्यक महादानको स्मरण गराउने उद्देश्यले साउन १३ गते काठमाडौँको महाबौद्ध महाविहारमा दीपंकर...
१० साउन २०८३ ११:२७ |मेट्रो संवाददाता
थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि
काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...


