छत्रपाटी निःशुल्क चिकित्सालयमा अत्याधुनिक प्याथोलोजी ल्याबकाे सुविधा थप

छत्रपाटी निःशुल्क चिकित्सालयमा अत्याधुनिक प्याथोलोजी ल्याबकाे सुविधा थप

मेट्रो संवाददाता

१३ कार्तिक २०७८ ११:३८

अत्याधुनिक ल्याबकाे उद्घाटन गर्नुहुँदै बागमति प्रदेका सभासद वसन्त मानन्धरका साथमा १७ वडा अध्यक्ष नवीन मानन्धर र चिकित्सालयका अध्यक्ष डा. मनाेजमान श्रेष्ठ। तस्बिर: यमआर शाही

छत्रपाटी निःशुल्क चिकित्सालयले अत्याधुनिक प्याथोलोजी ल्याबको सुविधा थप गरेको छ । बिरामीहरुको उच्चतम सुविधालाई र उचित स्वास्थ उपचारमा सहयोग पुग्ने उद्देश्यका साथ ल्याबले सो सुविधा थप गरेको हो ।

शनिबार एक औपचारिक कार्यक्रमका बीच बागमती प्रदेश सभाका सभासद वसन्त मानन्धरले उक्त ल्याबको समुद्घाटन गर्नुभएको छ । यस प्याथोलोजी ल्याबले अब बिरामीहरुको रिपोर्ट मोबाइलमा पाउने सुविधा पनि थप भएको छ । बागमती प्रदेश सभाका सभासद मानन्धरको प्रदेश पूर्वाधार विकास कार्यक्रमको कोषबाट प्राप्त ५० लाख सहयोगबाट अत्याधुनिक ल्याबको सुविधा थप गरेको हो ।

अत्याधुनिक ल्याबकाे उद्घाटन गर्नुहुँदै बागमति प्रदेका सभासद वसन्त मानन्धरका साथमा १७ वडा अध्यक्ष नवीन मानन्धर र चिकित्सालयका अध्यक्ष डा. मनाेजमान श्रेष्ठ। तस्बिर: यमआर शाही

जनताले तिरेको करबाट प्राप्त भएको रकम जनताको सेवामा विनियोजित गर्ने माध्यम मात्र भएको बताउनुहुँदै उहाँले आगामी दिनहरुमा स्वास्थ क्षेत्रमा थप बजेट विनियोजन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

डेगुंदेखि विश्वव्यापी फैलिएको कोभिडको उपचारमा यस चिकित्सालयको महत्वपूर्ण भूमिका खेलेको बताउनुहुँदै कोभिडविरुद्धका खोप सर्वसाधारणहरुमा सहज रुपमा पु-याइरहेको चिकित्सालयका अध्यक्ष डा. मनोजमान श्रेष्ठले बताउनुभयो । निम्न आय भएका नागरिकहरुका लागि स्वास्थ्य क्षेत्रमा राज्यबाट सञ्चालित मुख्यमन्त्री स्वास्थ्य कार्यक्रम चिकित्सालयबाट पनि सञ्चालन गर्न इच्छुक भएको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता