मेट्रो संवाददाता
१८ कार्तिक २०७८ १८:२४
काठमाडौ नेवाः किन्डरगार्टेनमा युकेजीमा अध्ययनरत ससाना विद्यार्थी भाइबहिनीहरुलाई सामूहिक म्हपुजा गरिएको छ । नेवाः समुदायको आफ्नै विशिष्ट पहिचान बोकेको म्हपुजा विद्यार्थीहरुलाई पनि जानकारी दिने उद्देश्यले उक्त किन्डरगार्टेनले विगत केही वर्ष यता निरन्तर रुपमा सामूहिक म्हपुजा गरिंदै आएको छ ।
किन्डरगार्टेन परिसरमा नै भएको विद्यार्थीहरुको सामूहिक म्हपुजा पूर्व मिस नेवाः तथा लिपि सुन्दरीका रुपम चर्चित व्यक्तित्व सुनिता डंगोलले गर्नुभएको थियो । युकेजीमा अध्ययनरत विद्यार्थीहरुलाई दुइ लहरमा राखी म्हपुजा गरिएको थियो । उक्त अवसरमा नेवाः समुदायमा गरिने सबै विधिहरु पूरा गरि स-साना विद्यार्थीहरुलाई म्हपुजा गरिएको थियो ।

विद्यार्थीहरुलाई म्हपुजा गर्नुभन्दा अघि विद्यार्थीका अभिभावकहरुलाई मन्दः (मण्डला) लेखन प्रतियोगिता पनि भएको थियो । उक्त प्रतियोगितामा विद्यार्थी स्वस्तिका श्रेष्ठका अभिभावक अमुना जोशी श्रेष्ठद्वारा लेखिएको मन्दःलाई उत्कृष्ट घोषणा गरिएको थियो । उत्कृष्ट मन्दःको छनोट संचारकर्मि विराजकाजी राजोपाध्यायद्वारा गरिएको थियो । उक्त अवसरमा युकेजीका विद्यार्थी रियाज श्रेष्ठका प्रतिनिधि रियाना श्रेष्ठ (वर्ष ८) ले पनि मन्दः बनाउनु भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि डंगोल, निर्णायक राजोपाध्याय, किन्डरगार्टेनका निर्देशक राजेन्द्र महर्जनले आ–आफ्नो धारणा राख्नु भएको थियो भने अतिथि र उत्कृष्ट मन्दः बनाउनु हुने श्रेष्ठलाई निर्देशक महर्जनले प्रशंसा पत्र र मायाको चिनो प्रदान गर्नु भएको थियो
RECOMENDED News
Latest News
काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल
काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...
२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता
काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल
काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...
२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता
साउन १३ मा महाबौद्धमा पञ्चदान र दीपंकर बुद्धको शोभायात्रा
काठमाडौँ । हरेक १२ वर्षमा आयोजना हुने सम्यक महादानको स्मरण गराउने उद्देश्यले साउन १३ गते काठमाडौँको महाबौद्ध महाविहारमा दीपंकर...
१० साउन २०८३ ११:२७ |मेट्रो संवाददाता
थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि
काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...


