मेट्रो संवाददाता
२१ मंसिर २०७८ १२:३०

गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत गत मंगलबारदेखि कीर्तिपुर नगरपालिका वाड नं. ३, हितिगाः भ्वय् छेँमा उद्यमशील बन्ने तालिम शुरु भएको छ ।
तालिमको कीर्तिपुर नगरपालिकाका उप–प्रमुख सरस्वती खड्काले उद्घाटन गर्नुभएको थियो । विशेषगरी नगरपालिकाका महिलाहरूलाई उद्यमशील बनाउने उद्देश्यले कीर्तिपुर नगरपालिकाले यो तालिम आयोजना गरेको हो ।
कीर्तिपुर नगरपालिका वडा नं. २, ३, ५ र १० का उद्यमी बन्न चाहनेहरूका लागि सञ्चालित यस तालिम ८ दिनसम्म हुनेछ । कार्यक्रममा उप–प्रमुख खड्काले कोही पनि नगरबासी काम छैन भनेर भन्न नपर्ने गरी सबैलाई सीपमूलक बनाउने लक्ष्य नगरपालिकाले लिएको बताउनु भयो ।
सीप सिकेपछि कुनै न कुनै काम गर्न सक्षम हुने भएकोले कोही पनि बेरोजगार हुन नपर्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा प्रमुख अतिथि कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जनले नेपालको संघीय संरचनामा तीन तहको सरकार मध्ये स्थानीय सरकार नै जनतासँग प्रत्यक्ष सरोकार राख्ने भएकोले प्रत्येक जनताको समस्या स्थानीय सरकारले सम्बोधन गर्ने दायित्व भएको बताउनुहुँदै नेपाल सरकारले लिएको दिगो विकास लक्ष्यलाई साकार पार्न स्थानीय सरकारको रुपमा कीर्तिपुर नगरपालिकाले विभिन्न सीपमूलक तालिमहरू दिइरहेको बताउनु भयो ।
कार्यक्रममा कीर्तिपुर नगरपालिका वडा नं. १० का अध्यक्ष अमन महर्जनले तालिममात्र लिने नगरी लिएको तालिमलाई व्यवहारमा लागु गरी सक्षम उद्यमी बन्न सुझाव दिनुभयो ।
कीर्तिपुर नगरपालिका गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमका सहजकर्ता वविता के.सी.ले सञ्चालन गर्नुभएको कार्यक्रममा ३३ जनाको सहभागिता रहेको थियो भने नगरका बांकी वडाहरूमा पनि छिट्टै नै यस तालिमको आयोजना हुने बताइएको छ ।
RECOMENDED News
Latest News
काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल
काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...
२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता
काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल
काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...
२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता
साउन १३ मा महाबौद्धमा पञ्चदान र दीपंकर बुद्धको शोभायात्रा
काठमाडौँ । हरेक १२ वर्षमा आयोजना हुने सम्यक महादानको स्मरण गराउने उद्देश्यले साउन १३ गते काठमाडौँको महाबौद्ध महाविहारमा दीपंकर...
१० साउन २०८३ ११:२७ |मेट्रो संवाददाता
थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि
काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...


