हनुमानढोका देखि स्वयम्भु सम्मको पदमार्गको कार्य अब शुरु हुने

हनुमानढोका देखि स्वयम्भु सम्मको पदमार्गको कार्य अब शुरु हुने

मेट्रो संवाददाता

२४ मंसिर २०७८ २३:१०

विश्व सम्पदा हनुमानढोका देखि विश्व सम्पदा स्वयम्भु सम्मको पदमार्गको कार्य अब शुरु हुने भएको छ ।

पदमार्गको विकासको लागि माननीय पर्यटन तथा नागरिक उद्द्यन मन्त्री प्रेम बहादुर आले र शहरी विकास मन्त्री रामकुमारी झाक्री सहित उपस्थितिमा पर्यटन मन्त्रालयमा बैठक सम्पन्न भयो ।

वैठकमा मननीय जीवन राम श्रेष्ठ, सचिव द्वय महेश्वर न्यौपाने, सचिव, मणिराम गौतम, पुरातत्व विभाग महानिर्देशक दामोदर गौतम, ईश्वरमान डंगोल प्रवक्त्ता एंव १५ वडा अध्यक्ष, भीमसेन राजवाहक, शैलेन्द्रमान बज्रचार्य, दिल्ली रत्न तुलाधर उपस्थित हुनुहुन्थ्यो ।

बैठकले विश्व सम्पदा सुचिमा रहेको हनुमानढोका दरवार क्षेत्र र स्वयम्भु क्षेत्रलाई हेरिटेज ट्रेलको रुपमा विकास गर्ने निर्णय गरेको छ । त्यसको लागि माननीय जीवन राम श्रेष्ठको संयोजकत्वमा ५ जनाको स्टेरिङ्ग कमिटी गठन गरेको छ ।

कमिटीमा सदस्यहरु ईश्वरमान डंगोल प्रवक्त्ता एंव १५ वडा अध्यक्ष, दामोदर गौतम, महार्निदेशक पुरातत्व विभाग, टेक नारायण पौडेल उपसचिव, पदम मैनाली महानिर्देशक शहरी विकास विभाग रहनु भएको छ । कमिटीले १० दिन भित्र TOR अनुसार प्रतिवेदन पेश गर्ने निर्णय समेत गरेको छ ।

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता