महानगरका प्रमुख शाक्यबाट मदन भण्डारी कलेज भवनको शिलान्यास

महानगरका प्रमुख शाक्यबाट मदन भण्डारी कलेज भवनको शिलान्यास

मेट्रो संवाददाता

२७ मंसिर २०७८ १६:१९

मदन भण्डारी मेमोरियल कलेजको नयाँ भवनको शिलान्यास गर्नुहुँदै नगरप्रमुख विद्यासुन्दर शाक्य ।

काठमाडौँ महानगरपालिकाको सहयोगमा अनामनगरमा निर्माण हुने मदन भण्डारी मेमोरियल कलेजको नयाँ भवनको साेमबार नगरप्रमुख विद्यासुन्दर शाक्यले शिलान्यास गर्नुभएको छ ।

दुई दशक अघि जननेता मदनकुमार भण्डारीको नाममा स्थापित र मदन भण्डारी फाउण्डेशनद्वारा सञ्चालित सो सामुदायिक कलेजमा करीब रु नौ करोडको लागतमा नयाँ चारतल्ले भवन बन्न लागेको हो ।

शिलान्यासपछि संक्षिप्त प्रतिक्रिया दिँदै प्रमुख शाक्यले शैक्षिक गुणस्तर सुधारका लागि महानगरले लगानी बढाएको बताउनुभयो । महानगर आफैले दायित्व निर्वाह गर्नु पर्ने, संघ र प्रदेश सरकारका शैक्षिक संस्था र सामुदायिक शैक्षिक संस्थाहरुलाई आवश्यकताका आधारमा सहयोग गरेकाे उहाँले बताउनुभयाे ।

सार्वजनिक निर्माण विभागका प्रमुख रामबहादुर थापाकाअनुसार चालु आर्थिक वर्षमा कार्यक्रम सकिने गरी महानगरले ५ करोड रुपैयाँ आर्थिक सहयोग गर्नेछ । यसको पहिलो किस्ता प्रदान गरिसकिएको छ । बाँकी रकम कामको प्रगतिका आधारमा दिइनेछ ।

कार्यक्रममा फाउण्डेशनका अध्यक्ष उषाकिरण भण्डारी, सचिव पेम्बा लामा, बागमती प्रदेशका सदस्य दीपक निरौलालगायत सहभागी थिए ।

कलेजका प्रमुख डम्बरबहादुर हमालका अनुसार कलेजमा विज्ञान, पत्रकारिता, सूचना प्रविधि, अङ्ग्रेजीलगायत विषयमा कक्षा ११ देखि स्नातकोत्तरसम्म गरी हाल एक हजार ५०० विद्यार्थी छन् ।

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता