मेट्रो संवाददाता
३ पुष २०७८ १३:०७

छत्रपाटी निःशुल्क चिकित्सालय (अस्पताल) मा दैनिक १०० सिलिण्डर क्षमता भएकाे अक्सिजन प्लान्ट आजबाट सुचारू भएकाे छ । नेपाल सरकारका उर्जा जलस्राेत तथा सिंचाई मन्त्री पम्फा भुसालले शनिबार एक कार्यक्रमकाे बीच उक्त अक्सिजन प्लान्टकाे उद्घाटन गर्नुभएकाे हाे ।
हेल्प नेपाल ब्रेथ र दया फाउण्डेसनकाे विषेश सहयाेगमा १०० सिलिण्डर क्षमताकाे उक्त अक्सिजन प्लान्टकाे स्थापना भएकाे छ ।
कार्यक्रमलाइ सम्बाेधन गर्नेक्रममा मन्त्री भुसालले आजभन्दा ६५ वर्षअघि स्थानीय जनसमुदायलाइ प्रारम्भिक स्वास्थ्य सेवा दिने उद्देश्य स्थापना भएकाे चिकित्सालय वर्तमान अवस्थामा एउटा अत्याधुनिक सुविधा सम्पन्न निःशुल्क अस्पतालकाे रूपमा सञ्चालन भइरहेकाेमा अत्यन्तै खुसी व्यक्त गर्नुभयाे ।
‘अधिकार सम्पन्न स्थानीय सरकार बनेकाे छ । जनताकाे घर आगनमा पुग्ने सिंहदरवार भनेर संघीय संरचनामा गइसकेपछि तीन तहका सरकार बनायाैं ।’ मन्त्री भुसालले भन्नुभयाे, ‘कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकासहितकाे अधिकार सम्पन्न स्थानीय सरकार महानगरपालिका बनेकाे छ । यसकाे उद्देश्य भनेकाे धेरैभन्दा धेरै सुविधा यसले जनताकाे घरदैलाेमा पुर्याउनु नै हाे ।’
यसैअनुरूप काठमाडाैं महानगरपालिका जस्ताे देशकाे राजधानी भएकाे पालिकाले आफ्नै छुट्टै अस्पताल, मेडिकल कलेज, इञ्जिनीयरिङ कलेज, ज्येष्ठ, बालबालिका र अपांगता भएका नागरिकलाइ छुट्टै सेवा दिने केन्द्र निर्माण भइसक्नुपर्नेमा जाेड दिनुभयाे ।
उहाँले चिकित्सालयलाई चाहिने थप कुनै पनि सहयाेग केन्द्र सरकारबाट दिनेमा पछि नहट्ने बताउँदै आगामि आर्थिक वर्षदेखि चिकित्सालयले खपत गर्ने विजुलीमा सहुलियत दरकाे छुट व्यवस्था गरिदिने प्रतिवद्धता समेत जनाउनुभयाे ।

कार्यक्रममा आफ्नाे मन्तब्य राख्ने क्रममा हेल्थ ब्रेथ नेपालका फण्ड रेजर इञ्जिनीयर साेनिका मानन्धरले याे अक्सिजन प्लान्टकाे लागी चाहिने रकम १५ दिन भित्रमा ८० प्रतिशत रकम फण्ड रेज गरेकाे बताउनुभयाे ।

त्यस्तै दया फाउण्डेसनका संस्थापक सदस्य कृपा माथेमाले शिक्षा, स्वास्थ्य र सम्पदामा सहयाेग गर्ने संस्थाकाे नीतिअनुरूप चिकित्सालयले डेंगु र काेभिडकाे महामारीमा निभाएकाे उत्कृस्ट भुमिका प्रसंशा एवं कदर स्वरूप याे अक्सिजन प्लान्ट स्थापना गर्न सहयाेग गरेकाे बताउनुभयाे ।

वडा नं. १७ का अध्यक्ष नविन मानन्धरले एकता नै बल हाे भन्नुहुँदै २०१३ सालमा माउ बद्रिले देखेकाे सपना र साेचलाइ सबैले साथ दिएकाे हुनाले चिकित्सालय याे अवस्थामा पुग्न सफल भएकाे बताउनुभयाे । शिक्षा र स्वास्थ्य समानान्तर रूपमा अघि बढाउनु पर्नेमा जाेड दिंदै उहाँले चिकित्सालयलाई सरकारले पर्याप्त मात्रामा सहयाेग नगरेकाे गुनासाे पाेख्नुभयाे ।

कार्यक्रमकाे अन्त्यमा चिकित्सालयका अध्यक्ष डा. मनाेजमान श्रेष्ठले सहयाेगी सम्पूर्ण संघ संस्था तथा व्यक्तिहरूमा विशेष धन्यवाद ज्ञापन गर्नुभयाे । हरेक दिन ३५ सिलिण्डर हुँदै ६५ सम्मकाे याेजना हुँदै अहिले १०० सिलिण्डरसम्म उत्पादन क्षमता भएकाे अक्सिजन प्लान्ट स्थापना गर्न सफल भएकाे बताउनुभयाे ।
RECOMENDED News
Latest News
Pinco Online Kazino Azərbaycanda – Sürətli Ödənişlər və Çıxarışlar (Пинко Казино Онлайн)
Pinco Online Kazino Azərbaycanda – Sürətli Ödənişlər və Çıxarışlar (Пинко Казино Онлайн) ▶️ OYNA Содержимое Pinco Casino Azərbaycanda Pinco...
२९ जेठ २०८३ २३:१४ |मेट्रो संवाददाता
तरकारी–फलफूल थोक बजार संस्थामा कार्यसमिति निर्बिरोध चयन
काठमाडौं महानगरपालिका–१३ कालिमाटीमा अवस्थित केन्द्रिय तरकारी–फलफूल बजारका व्यवसायीहरूको प्रतिनिधिमूलक संस्था तरकारी फलफूल थोक बजार व्यवसायिक संस्थाको ३१औँ वार्षिक साधारण...
३ मंसिर २०८२ १२:४२ |मेट्रो संवाददाता
वसन्तपुरमा २७औँ वर्षदेखि सामूहिक भाइटीका
काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचिकृत वसन्तपुर दरबार क्षेत्रको मरुसत्तलमा यस वर्ष पनि सामूहिक भाइटीका कार्यक्रम सम्पन्न भएको छ...
६ कार्तिक २०८२ २०:४० |मेट्रो संवाददाता
नेवार र तीज : सांस्कृतिक अनुकूलन, मिडिया प्रभाव र पहिचानको प्रश्न
तीज नेपालमा प्रचलित महिला–केन्द्रित पर्व हो, जसमा शिव–पार्वतीको विवाहकथा, व्रत, र गीत–नृत्य मुख्य अंग छन्। परम्परागत रूपमा यो बाहुन–क्षेत्री...


