मेट्रो संवाददाता
५ पुष २०७८ १०:०९

काठमाडाैं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले आफ्नाे मताधिकार सुनश्चित गर्न सम्पूर्ण आम नागरिकहरूमा अनुराेध गर्नुभएकाे छ ।
बाकुननी पुचःकाे आयाेजनामा शनिवार इकु बहाल टाेलमा भएकाे २१ वडाव्यापी एसईई उत्तिर्ण विद्यार्थीहरुलाई सम्मान गर्ने कार्यक्रममा मिहेनतले प्रतिस्पर्धामा श्रेष्ठता हासिल हुने बताउँदै १८ वर्ष नाघेका विद्यार्थीहरूलाइ मताधिकार सुनश्चित गर्न मेयर शाक्यले अनुराेध गर्नुभएकाे हाे ।
‘पुस ५ गतेदेखि राष्ट्रिय सभागृहमा आफ्नाे नाम मतदाता नामावलीमा समावेश वा सच्याउन पाउनु हुनेछ ।’, मेयर शाक्यले भन्नुभयाे, ‘सम्मानित हुनभएका विद्यार्थी भाइबहिनीहरू ! आफुले पहिलाे पटक जनप्रतिनिधि चुन्ने माैका नगुमाउनुहाेला । १८ वर्ष पुग्नुभएका भए मताधिकार सुनश्चित गर्न मतदाता नामावलीमा नाम दर्ता गर्नुहाेला।’

बागमति प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानून मन्त्री एवम् प्रदेश सभासद् डा. अजयक्रान्ति शाक्यले विद्यार्थीहरुको भविष्य आजभोलि इन्टरनेट र मोबाइलको लतमा लागेर अलमलिरहेकोमा अभिभावक वर्गलाई सजग रहन आग्रह गर्नुभयो ।
पूर्व मन्त्री शाक्यले भन्नुभयाे, ‘अभिभावकले विद्यार्थी भाइबहिनीहरूकाे भविष्यकाे लागि कति त्याग, तपस्या गरेकाे हुन्छ, त्याे तपाइँहरूले कहिले विर्सनु हुँदैन । जव याे कुरा विर्सनुभयाे भने तपाइँभित्रकाे मानवता हरायाे भन्ने सम्झनुहाेला।’
२१ वडाका स्थानीयहरुले शिक्षा क्षेत्रमा योगदान गर्ने उद्देश्यले स्थापना गरेको बाकुननी पुचःका अध्यक्ष विगत १३ वर्षदेखि शिक्षा क्षेत्रको विकासका लागि क्रियाशील गौतम प्रधानको सभापतित्वमा भएको कार्यक्रममा ६४ जना विद्यार्थीहरुलाई सम्मान गरिएको पुचःका उपाध्यक्ष कविन्द्र महर्जनले बताए ।
कार्यक्रममा कामपा २१ वडाका अध्यक्ष उदय चुडामणि बज्राचार्य, हनुमानढोका दरवारक्षेत्र संरक्षण कार्यक्रमका प्रमुख रोशन शाक्यलगायत व्यक्तित्वहरुको विशेष उपस्थिति रहेको थियो ।

RECOMENDED News
Latest News
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
साउन १३ मा महाबौद्धमा पञ्चदान र दीपंकर बुद्धको शोभायात्रा
काठमाडौँ । हरेक १२ वर्षमा आयोजना हुने सम्यक महादानको स्मरण गराउने उद्देश्यले साउन १३ गते काठमाडौँको महाबौद्ध महाविहारमा दीपंकर...
१० साउन २०८३ ११:२७ |मेट्रो संवाददाता
थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि
काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...


