चम्पादेवीमा बुद्ध विहार बनाउने सम्बन्धमा सम्झौता

चम्पादेवीमा बुद्ध विहार बनाउने सम्बन्धमा सम्झौता

मेट्रो संवाददाता

२० पुष २०७८ १३:०७

कीर्तिपुर नगरपालिका वडा नं. ४, चम्पादेवीमा भगवान गौतम बुद्धको १०८ फिट अग्लो प्रतिमाका साथै बौद्ध विहार बनाइने भएको छ । मित्रराष्ट्र थाइल्याण्डको थम्मचोटमँखोल फाउण्डेशनद्वारा “बुद्ध उद्यान फ्रासाई थाई नेपाल” नामक कीर्तिपुरमा विहार निर्माणको लागि आवश्यक जग्गा कीर्तिपुर नगरपालिकाले उपलब्ध गराउने भएको छ ।

आइतबार कीर्तिपुर नगरपालिका र थाईल्याण्डको थम्मचोटमँखोल फाउण्डेशन बीच दुईपक्षिय सम्झौता सम्पन्न भएको थियो । कीर्तिपुर नगरपालिका भवनमा सम्पन्न उक्त सम्झौतामा कीर्तिपुर नगरपालिकाको तर्फबाट नगर प्रमुख रमेश महर्जन र फाउण्डेशनको तर्फबाट CEO Ms. Ploythonglompetch thammachomongkholले हस्ताक्षर गर्नु भयो ।

समारोहमा कीर्तिपुर नगरपालिकाका उप–प्रमुख सरस्वती खड्का, वडा नं. ४ का सदस्य सुरेन्द्र खनाललगायत नगरपालिकाका कर्मचारी र फाउण्डेशनको नेपाल प्रतिनिधि संस्था लुम्बिनी दर्शन धर्मशालाका अध्यक्ष राकेश महर्जनलगायत पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

नगरपालिकाको तर्फबाट उपलब्ध हुने जग्गामा बौद्ध धर्मका प्रमुख चार तीर्थ स्थलहरू लुम्बिनी, बोधगया, सारनाथ र कुशीनगरको प्रतीकसँगै भव्य विहार, ध्यान केन्द्र रहनेछ र बुद्ध मूर्ति मूनि उपोसथ हल रहनेछ । उक्त विहार तथा बुद्ध मूर्ति स्थापनाले नेपाल थाईल्याण्ड बीचको मैत्री सम्बन्धमा प्रगाढता आउनुका साथै विहार क्षेत्रमा आन्तरिक तथा धार्मिक पर्यटनको गतिविधि बढ्नेछ ।

तरकारी–फलफूल थोक बजार संस्थामा कार्यसमिति निर्बिरोध चयन

काठमाडौं महानगरपालिका–१३ कालिमाटीमा अवस्थित केन्द्रिय तरकारी–फलफूल बजारका व्यवसायीहरूको प्रतिनिधिमूलक संस्था तरकारी फलफूल थोक बजार व्यवसायिक संस्थाको ३१औँ वार्षिक साधारण...

३ मंसिर २०८२ १२:४२ |मेट्रो संवाददाता

वसन्तपुरमा २७औँ वर्षदेखि सामूहिक भाइटीका

काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचिकृत वसन्तपुर दरबार क्षेत्रको मरुसत्तलमा यस वर्ष पनि सामूहिक भाइटीका कार्यक्रम सम्पन्न भएको छ...

६ कार्तिक २०८२ २०:४० |मेट्रो संवाददाता

नेवार र तीज : सांस्कृतिक अनुकूलन, मिडिया प्रभाव र पहिचानको प्रश्न

तीज नेपालमा प्रचलित महिला–केन्द्रित पर्व हो, जसमा शिव–पार्वतीको विवाहकथा, व्रत, र गीत–नृत्य मुख्य अंग छन्। परम्परागत रूपमा यो बाहुन–क्षेत्री...

२६ साउन २०८२ १४:२९ |मेट्रो संवाददाता