कोरोना संक्रमण नियन्त्रण गर्न यस्तो छ भक्तपुरको तयारी

कोरोना संक्रमण नियन्त्रण गर्न यस्तो छ भक्तपुरको तयारी

मेट्रो संवाददाता

२६ पुष २०७८ १४:०६

भक्तपुर । बढ्दो कोरोना संक्रमण नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालय भक्तपुरले फेरि अभियान सुरु गरेको छ ।

प्रशासनले मास्क लगाउन अटेर गर्नेलाई कारबाही गर्ने भएको छ । कोरोना भाइरसको बढ्दो सङ्क्रमणसँगै आउन सक्ने विपतलाई न्यूनीकरण गर्न जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले मास्क अभियान सञ्चालन गरी मास्क लगाउन अटेर गर्नेलाई कारबाही गर्ने निर्णय गरेको हो ।

बैठकले मास्क अभियान सञ्चालन गर्न नगरपालिकाहरूलाई अनुरोध गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताउनुभयो । त्यस्तै सार्वजनिक यातायातका साधनमा मास्कलाई कडाइ गर्ने, घर बाहिर निस्कँदा अनिवार्य मास्क लगाउन अभिप्रेरित गर्ने निर्णय भएको छ ।

बैठकले कोरोना भाइरस विरुद्धको खोप अभियानलाई समेत प्रभावकारी रुपमा सञ्चालन गर्ने निर्णय गरेको छ । १२ वर्ष वा सो भन्दा माथिका स्थानीय तहका लक्षित समूह, पहिलो र दोस्रो खोपको मात्रा नलगाएकाहरूको विश्लेषण  गरी आवश्यक मात्रामा खोप केन्द्रको व्यवस्था गर्ने र खोपको प्रचार प्रसारलाई तीव्रता दिने निर्णय भएको प्रजिअ शर्माले बताउनुभयो ।

जनप्रतिनिधि र सुरक्षा निकायको सहयोग र समन्वयमा खोप अभियानलाई प्रभावकारी बनाई पूर्ण खोपको सुनिश्चितता गराउन सहजीकरण गर्ने, खोपको पहुँच र कभरेज वृद्धिका लागि शिक्षा समन्वय इकाई, प्याव्सन र एन प्याव्सन मार्फत निरन्तर प्रचार प्रसार र सहयोग गर्ने निर्णय भएको छ ।

यस्तै सम्पूर्ण सार्वजनिक निकायमा आउने सेवाग्राहीलाई खोप लगाउन प्रोत्साहित गर्ने, यसको सूचना स्वास्थ्य कार्यालयले तयार गरी सबै कार्यालयहरूमा पठाउने निर्णय भएको प्रजिअ शर्माले बताउनुभयो ।

सबै सरकारी अस्पताल, नियमित खोप सञ्चालन गर्न सूचिकृत गैरसरकारी अस्पताल, निजी अस्पताल र घना बस्ती रहेका क्षेत्रमा नियमित खोप केन्द्र तोकी नियमित खोप अभियान सञ्चालन गर्ने निर्णय भएको छ ।

बैठकले सङ्क्रमणका कारण अस्पतालहरूमा आउन सक्ने बिरामीको चापलाई समेत ध्यानमा राखी सबै अस्पतालहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ । बैठकले जिल्लाका सबै सरकारी र निजी अस्पतालहरूलाई तयारी अवस्थामा राख्ने, अक्सिजन तथा आवश्यक सामग्रीको आवश्यक मात्रामा भण्डारण गर्ने, स्वास्थ्य जनशक्तिलाई तयारी अवस्थामा राख्ने निर्णय गरेको छ ।

बैठकले जिल्लामा कोरोना संक्रमण नियन्त्रणका लागि नगरपालिकाका हटस्पट पहिचान गरी राजनैतिक दल र जनप्रतिनिधिहरूसँग आवश्यक समन्वय गरी परीक्षणलाई बढाउने निर्णय गरेको छ ।

भक्तपुर उद्योग वाणिज्य सङ्घ र भक्तपुर चेम्बर अफ कमर्सको सहयोग र समन्वयमा व्यक्तिगत रुपमा प्रयोग भएका र स्टक रहेका ग्यास सिलिण्डरहरु सम्बन्धित उद्योगमा फिर्ता गर्न पहल गर्ने, जिल्लाका सीमा नाकामा सुरक्षा निकायले कडाइका साथ जाँच गर्ने निर्णय समेत बैठकले गरेको प्रजिअ शर्माले बताउनुभयो ।

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता