नेवाः एकता दिवसमा मेयर महर्जन सम्मानित

नेवाः एकता दिवसमा मेयर महर्जन सम्मानित

मेट्रो संवाददाता

२७ पुष २०७८ १८:४४

कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जन सम्मानित हुनुभएकाे छ ।

नेवाः देय् दबूकाे संयाेजनमा विभिन्न नेवाः जातीय घटक संस्थाहरूकाे उपस्थितिमा सम्पन्न भएकाे नेवाः एकता दिवसकाे अवसरमा मेयर महर्जन सम्मानित हुनुभएकाे हाे ।

१२ औं नेवाः एकता दिवसमा मेयर महर्जनका साथमा काठमाडाैं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र टाेखा नगरपालिकाका मेयर प्रकाश अधिकारी सम्मानित भएका हुन् ।

कीर्तिपुर नगरपालिकाबाट कीर्तिपुर नगरलाई सांस्कृतिक संरक्षित क्षेत्र घोषणा गरी त्यसलाई कार्यान्वयनको निम्ति कानून समेत निर्माण गरिसकेको, कीर्तिपुर नगरभित्र स्थानीय पाठ्यक्रम नेपालभाषा अध्ययन अध्यापन गराउने तथा नेवाः संस्कृति, सम्पदा संरक्षण एवं सम्बर्द्धनमा योगदान गरेको कार्यप्रति समस्त नेवाः समुदायबाट उच्च कदर गर्दै कार्यक्रमका संयोजक एवं नेवाः देय् दबूका केन्द्रीय अध्यक्ष नरेश ताम्रकारले कीर्तिपुर नगरपालिकका प्रमुख रमेश महर्जनलाई सम्मान पत्र हस्तान्तरण गर्नुभएको थियो ।

सम्मानपश्चात आफ्नाे मन्तब्य राख्नेक्रममा मेयर महर्जनले नेवाः एकता दिवसले नेवाःहरूलाइ एकै मालामा समेट्न काममा थप एउटा इँटा थपेकाे बताउनुभयाे ।

‘नेवाः देय् दबूले उपत्यकाका १८ वटा नगरहरूसँग समन्वय गरी मुर्त, अमुर्त तथा भाषा, संंस्कृति सम्बर्द्धन तथा प्रवर्द्धनका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ ।’

नेवाः देय् दबूकाे स्थापना कालमा कीर्तिपुरकाे ब्याँचुलि समूहबाट प्रतिनिधि भइ भाग लिएकाे सम्झना सुनाउनुहुँदै आज मेयरकाे हैसियतले साेही संस्थाकाे कार्यक्रममा सम्मानित हुन पाउँदा अत्यन्तै गर्व महशुस भएकाे बताउनुभयाे ।

‘कीर्तिपुरनगरपालिका पांगाकाे लाछिटाेलमा भएकाे नेवाः एकता दिवसले नेवाःहरूकाे माझ एकताकाे सन्देश जानेछ’, मेयर महर्जनले भन्नुभयाे ।

‘नेवाः देय् दबूले उपत्यकाका १८ वटा नगरहरूसँग समन्वय गरी मुर्त, अमुर्त तथा भाषा, संंस्कृति सम्बर्द्धन तथा प्रवर्द्धनका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ’, मेयर महर्जनले बताउनुभयाे ।

उहाँले स्थानीय सरकारमा स्थानीय भाषा जानेका वा नजानेका सबै मेयर तथा उपमेयरहरूका चाहना स्थानीय भाषा, संस्कृति, सम्पदाकाे जगेर्ना गर्ने प्राथमिकतामा रहेकाे बताउनुभयाे ।

त्यस्तै सम्मानपश्चात आफ्नाे मन्तब्य राख्नेक्रममा काठमाडाैं महानगरका मेयर शाक्यले मूर्त अमूर्त सम्पदा संरक्षण, भाषा, लिपी तथा मौलिकता जोगाउन उपत्यकामा भएका भएका क्षेत्रगत प्रयासहरुबाट समष्टिगत रुपमा ठूलो उपलब्धी हासिल भएको उल्लेख गर्नुभयो ।

प्रमुख शाक्यले गैर नेवाःहरूले नेवाःहरूलाइ लडाइ फाइदा लिइरहेकाे बताउँदै सवैभन्दा बढी सम्पदा संरक्षण गर्नुपर्छ भनेर काम कारवाही बढाइरहँदा सम्पदा विरोधी भनेर विभिन्न मुद्दा हालेर काममा बाधा हालेकाे उल्लेख गर्नुभयाे ।

‘उपत्यका नेवार समुदायको भाषा, लिपी, कला, शिल्पी र साहित्यले धनी छ । यसलाई जोगाउनु हरेक नगर प्रमुखको जिम्मेवारी हो ।’ टोखा नगरका मेयर अधिकारीले भन्नुभयो, ‘मौलिकताका सवालमा फराकिलो सोच राख्नुपर्छ । हामीले नेवारीपन जोगाउन धेरै काम गरेका छौँ ।’

गत ने.सं. ११३० पोहेलाथ्व नवमिका दिन नेवाः राज्यको माग गरी काठमाडौं त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा स्वतःस्फूर्त रुपमा लाखौं लाख नेवाः समुदायहरु भेला भएको दिनलाई स्मरण गर्दै प्रत्येक वर्ष यही नेपालसंवत्‌को तिथिअनुसार पोहेलाथ्व नवमिका दिन नेवाः एकता दिवस मनाउँदै आइरहेको छ ।

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता