मेट्रो संवाददाता
२७ पुष २०७८ ९:४७

महानगरीय प्रहरी वृत्त, कीर्तिपुरले मंगलबारदेखि कीर्तिपुर नगरका विद्यालयहरूमा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ । नगरका ३४ वटा विद्यालयहरूमा सञ्चालन गरिने यस कार्यक्रमको पहिलो दिन मंगल माध्यमिक विद्यालयबाट शुरु गरेको हो ।
कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जनको प्रमुख आतिथ्यमा शुरु गरिएको यस अभिमुखीकरण कार्यक्रममा विशेष गरेर साइबर क्राइम (विद्युतीय अपराध) र लागु औषध दुव्र्यसनीका विषयमा विद्यार्थीहरूलाई जानकारी गराइएको हो । महानगरीय प्र्रहरी वृत्त, कीर्तिपुरका ईन्चार्ज डिएसपि ठाकुर प्रसाद पोखरेलले एक प्रस्तुतीमार्फत यस विषयमा विद्यार्थीहरूलाई सुसूचीत गराउनुभएको हो ।
कार्यक्रममा नगर प्रमुख महर्जनले विद्यार्थीहरू बढी सचेत हुनु पर्नेमा जोड दिनुभयो । विद्यालय तहका विद्यार्थीहरूको उमेरमा नै सबै खालको क्रियाकपाल एक पटक गरेर हेरौं न भन्ने विचार आउने भएकोले यस विषयमा गम्भीर हुन सचेत गराउनु भयो ।
कुलतमा लाग्ने उमेर पनि यही हुने त्यसैगरी सज्जन हुन सचेत हुनु पर्ने उमेर पनि यही भएकोले यस्तो खालको अभिमुखीकरण कार्यक्रम विद्यालयमा सञ्चालन गर्नु सह्राहनीय काम भएको उल्लेख गर्नुहुँदै नगर प्रमुख महर्जनले घरेलु हिंसा प्रायः चिनेकै आफ्नै मान्छेले गर्ने गरेको थुप्रै तथ्याङ्कले देखाएकोले यस प्रति चनाखो हुन समेत अनुरोध भयो । कार्यक्रममा मंगल मा.वि.का प्रधानाध्यापक लोकलाल महर्जनले पनि आफ्नो धारण राख्नु भएको थियो ।
RECOMENDED News
Latest News
काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल
काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...
२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता
काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल
काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...
२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता
साउन १३ मा महाबौद्धमा पञ्चदान र दीपंकर बुद्धको शोभायात्रा
काठमाडौँ । हरेक १२ वर्षमा आयोजना हुने सम्यक महादानको स्मरण गराउने उद्देश्यले साउन १३ गते काठमाडौँको महाबौद्ध महाविहारमा दीपंकर...
१० साउन २०८३ ११:२७ |मेट्रो संवाददाता
थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि
काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...


