मेट्रो संवाददाता
११ माघ २०७८ १७:०७

कीर्तिपुर नगरपालिकामा मंगलबारदेखि राष्ट्रिय परिचय पत्रको लागि दर्ता शुरु गरेको छ । संवैधानिक व्यवस्था अनुसार प्रत्येक नागरिकहरूको वैयक्तिक तथा जैविक विवरण समावेश भएको राष्ट्रिय पहिचान सहितको बायोमेट्रिक सुविधायुक्त बहुउपयोगी प्रमाणपत्र यो राष्ट्रिय परिचय पत्र नेपाल सरकारले प्रत्येक नेपालीलाई उपलब्ध गराउने सिलसिलामा कीर्तिपुर नगरबासीका लागि लक्षित गरी दर्ता शुरु गरेको हो ।
कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जनले पहिलो दर्ता गरी उक्त राष्ट्रिय परिचय पत्र दर्ताको शुभारभ्म गर्नुभएको हो । त्यसैगरी उप–प्रमुख सरस्वती खड्काले पनि मंगलबार नै राष्ट्रिय परिचय पत्रको लागि दर्ता गर्नु भएको थियो ।
कीर्तिपुर नगरपालिकाले प्रत्येक दिन ४० देखि ५० जनासम्मको लागि दर्ता गर्ने जनाएको छ । यो दर्ताका लागि फर्म भर्दा त्रुतिभएमा सच्याउन (इडिट गर्न) नमिल्ने भएकोले राम्ररी सही कुराहरू केलाएर भर्नु पर्ने भएकोले एक जनाको कम्तिमा १० देखि १५ मिनेट समय लाग्ने जनाएको छ ।
यो राष्ट्रिय परिचय पत्र सम्पूर्ण नगरबासीहरूलाई उपलब्ध गराउने गरी व्यवस्था मिलाइएको भए पनि हाललाई विदेशमा गएर पढ्न र काम गर्न जानेहरूका लागि अत्यावश्यक भएकोले पहिलो प्राथमिकतामा राखिएको नगरपालिकाका प्रमुख महर्जनले बताउनु भएको छ ।
RECOMENDED News
Latest News
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
साउन १३ मा महाबौद्धमा पञ्चदान र दीपंकर बुद्धको शोभायात्रा
काठमाडौँ । हरेक १२ वर्षमा आयोजना हुने सम्यक महादानको स्मरण गराउने उद्देश्यले साउन १३ गते काठमाडौँको महाबौद्ध महाविहारमा दीपंकर...
१० साउन २०८३ ११:२७ |मेट्रो संवाददाता
थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि
काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...






