शिक्षण अस्पताललाई काठमाडौँ महानगरबाट अत्याधुनिक सीटी स्क्यान मेसिन प्रदान

शिक्षण अस्पताललाई काठमाडौँ महानगरबाट अत्याधुनिक सीटी स्क्यान मेसिन प्रदान

मेट्रो संवाददाता

१८ माघ २०७८ ११:५५

भाैतिक क्षतिकाे पूर्ति गर्न सकिएला, तर मानवीय क्षतिकाे पूर्ति गर्न सकिँदैन । यहि मुल मन्त्रलाइ आत्मसाथ गरी काठमाडाैं महानगरपालिकाले पहिलाे कर्तव्य नागरिककाे ज्यान जाेगाउनु नै हाे भनेर त्रि.वि. शिक्षण अस्पताललाइ अत्याधुनिक सीटी स्क्यान मेसिन प्रदान गरेकाे छ ।

चेक हस्तान्तरणपछि काठमाडाैं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले भन्नुभयाे, ‘कोविड रोकथाम तथा नियन्त्रणका लागि सरकारी र सामुदायिक अस्पताललाई भेन्टिलेटर प्रदान ग¥यौ । आइसोलेसन र कोविड अस्पताल चलायौँ । त्यसैगरी विशेषज्ञ स्वास्थ्य सेवा दिन सक्ने सरकारी र सामुदायिक अस्पतालाई सहयोग ग¥यौँ । हामीले काम गर्दा महानगरबासीसँगै सबै देशबासीको स्वास्थ्य उपचारलाई ध्यान दिएका छौँ ।’

काेभिडकाे महामारीकाे अवस्थामा पनि ४५ वटा भेन्टिलेटर वितरण गरेकाेमा १० वटा शिक्षण अस्पतालाइ प्रदान गरेकाे बताउनुहुँदै मेयर शाक्यले शिक्षण अस्पतालकाे लागि बाटाे स्तराेउन्नतीकाे लगि महानगरले गेट देखि भित्र सबै ठाउँमा कालाेपत्रे गर्ने क्रममा इमर्जेन्सीमा सीटी स्क्यानकाे आवश्यकता भएकाे अनुराेधलाइ स्वीकार गरी भएका भन्दा पछिल्लाे र राम्राे मेसिन खरीद गर्न सम्झाैता गरिएकाे थियाे ।

कार्यक्रममा आफ्नाे मन्तव्य राख्नेक्रममा महानगर उपप्रमुख हरीप्रभा खड्गी श्रेष्ठले विकास निर्माणभन्दा पनि काेभिडकाे उपचारार्थ सहयाेगमा खर्च बढाएकाे बताउनुभयाे । “दुइ हप्तामा एक हजार जना सेवाग्राहीले लाभ पाएकाे सुन्दा महानगरपालिकाले लगानी राम्राे ठाउँमा भएकाे महशुस भएकाे छ ।”

त्यसक्रममा पूर्व उप-प्रधान तथा रक्षा मन्त्री एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले महानगरले स्वास्थ्य क्षेत्रमा गरेको लगानीबाट सकारात्मक परिणाम देखिन थालेको अनुभव सुनाउनुभयो । ‘महानगरको प्रयास महत्वका दृष्टिले उत्कृष्ठ छ । यसबाट शिक्षण अस्पतालमा आउने विरामीले तत्काल सेवा पाउनेछन् ।’

“राजनीतिक तवरमा राज्यकाे पुनर्संरचना त भयाे, ब्यूराेक्रेसीकाे लेवलमा त्याे संरचनाकाे अनुभुति गर्न सक्ने स्थितितमा पुग्न सकेकाे छैन । ”, पाेखरेलले भन्नुभयाे, “अहिलेकाे एउटा दृस्तान्त सार्वजनिक ए‍ेन जस्ताकाे तस्तै रहेने हाे भने छिटाे खरीद प्रक्रियालाइ गलपासाे लगाउने काम गर्छ ।”

एकहप्तामा खरीद प्रक्रिया पुरा हुनेमा ए‍ेनका कारण याे स्क्यान मेसिन खरिद गर्न १६ महिना लागेकाे र स्वास्थ्यसम्बन्धी उपकरणमा पनि यति ढिलाइ हुने सार्वजनिक खरीद ए‍ेन संसाेधन हुनु पर्नेमा उहाँले जाेड दिनुभयाे ।

उपचारकाे क्रममा मानवजीवनकाे रक्षार्थ नभैकन नहुने अति आवश्यक सीटी स्क्यान मेसिन खरिद गर्न महानगर र अस्पतालविच २०७७ मंसिर ३० गते सम्झौता भएको थियो । सम्झौताअनुसार अत्याधुनिक सीटी क्यान मेसिन खरिदका लागि महानगरले उपलब्ध गराएको आर्थिक अनुदानबाट अस्पतालले मेसिन खरिद गरेर पुस ११ गते जडान सम्पन्न गरेको हो । फ्लास टेक्नोलोजीमा आधारित मेसिन १ सय २८ स्लाइसको छ । स्पेसिफिकेसनका आधारमा सार्वजनिक खरिद ऐनको प्रक्रियाबाट खरिद गरिएको मेसिनको मूल्य ६ करोड १७ लाख १६ हजार ५५७ रुपैयाँ परेको छ । सम्झौतामा वेला यसको लागत करीव ७ करोड ५० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको थियो ।

त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) का डिन प्रा. डा. दिव्यासिंह शाहकाअनुसार आधुनिक चिकित्सा विज्ञानमा सीटी स्क्यान नभइ नहुने हतियार हो । ‘दुर्घटना परेका व्यक्ति, मस्तिष्कघात भएका व्यक्तिको परीक्षणका लागि यो मेसिन नभइ हुँदै हुँदैन ।’ शाहले, विगत २ बर्षदेखि सीटी स्क्यानविहिन भएको अस्पताललाई काठमाडाँै महानगरले सहयोग ग¥यो । यो सहयोग अतुलनीय छ ।’

अस्पतालकाअनुसार अत्याधुनिक यो मेसिनले व्यक्तिको समस्यालाइए स्वचालित रुपमा पहिचान गरेर रिपोर्ट दिन्छ ।

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता