मेट्रो संवाददाता
२५ माघ २०७८ १७:००

नदी किनारका जग्गा संरक्षण, हरियाली प्रर्वद्धन र पार्क निर्माण हाम्रो अभियानः प्रमुख शाक्य
काठमाडौँ महानगरपालिकाले वागमती र विष्णुमती नदी किनारमा मात्रै करीब १७ वटा पार्क निर्माणको कार्य अघि बढाएको छ ।
आज वडा–१७ मा इन्द्रायणी गुरुयोजनाअन्तर्गत इन्द्रायणी पार्कको शिलान्यास गर्दै काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले यस्तो जानकारी दिनुभएको हो ।
‘काठमाडौँ महानगरपालिकामा जनप्रतिनिधिहरु निर्वाचित भएर आएपछि हामीले सार्वजनिक जग्गा संरक्षण गर्ने, हरियाली प्रर्वद्धन गर्ने, पार्कहरुको निर्माण गर्ने योजना अघि बढाएका छौँ,’ प्रमुख शाक्यले भन्नुभयो, ‘नदी किनारका जग्गालाई संरक्षण गरेर हरियाली कायम गर्ने जस्ता योजना पनि हामीले अघि बढाएका छौँ ।’

प्रमुख शाक्यले सोही योजनाअनुसार कालीमाटी दोभानदेखि बालाजुसम्मको विष्णुमती किनारलाई हरियाली कायम गर्न इन्द्रायणी पार्कको शिलान्यास गरेको बताउनुभयो । प्रमुख शाक्यले सार्वजनिक जग्गा संरक्षण, हरियाली प्रवर्धन तथा पार्क निर्माण कार्यलाई नीति, बजेट तथा कार्यक्रममा समेत प्राथमिकता दिएको बताउनुभयो ।
उहाँले काठमाडौँ आधुनिक र परम्परागत साँस्कृतिक विशेषता भएको शहर भएको भन्दै त्यसको पहिचान जोगाउनुपर्ने चुनौति रहेको पनि बताउनुभयो । ‘काठमाडौँको विशेषता अन्य जिल्लाको भन्दा फरक छ । भित्री शहर सम्पदा नै सम्पदा, मन्दिर नै मन्दिर, देवता नै देवताले भरिएको छ,’ शाक्यले भन्नुभयो, ‘त्यसपछि नयाँ विकास भएको शहर पनि यही महानगरपालिका भित्र छ । यी दुईलाई आधार बनाएर हामीले यहाँको विकासका लागि नीति बनाउनुपर्छ र त्यसै अनुरुप गर्दै आएका छौँ ।’
वडा नम्बर–१७ का अध्यक्ष नविन मानन्धरले पनि नदी किनारको सार्वजनिक जग्गा संरक्षण अभियान अन्र्ततरगत नै इन्द्रायणी पार्क निर्माणको योजना अघि बढाएको बताउनुभयो । उहाँले कुनै सयम विष्णुमतीमा असला माछा पाइने गरेको प्रसङ्ग कोट्याउँदै भन्नुभयो– असला माछा शुद्ध पानीमा मात्रै पाइन्छ । हामी यो नदीलाई सकेसम्म असला माछा पाइने नदीका रुपमा विकास गर्न चाहन्छौँ ।’
पुर्वमन्त्री पूर्वमन्त्री सुशीलकुमार श्रेष्ठले खुशिँबु टाउन प्लानिङ् सहरी विकासको सिकाइ भएको बताउँदै यसलाई नदी सभ्यतासँग जोड्न महानगरले अघि सारेको योजना सकारात्मक भएको बताउनुभयो ।
काठमाडौँ महानगरपालिका सहरी पूर्वाधार विभाग प्रमुख राम थापाले कालीमाटीदेखि बालाजुसम्मको विष्णुमती किनारलाई हरियाली बनाउने योजना अन्तरर्गत नै जग्गा धेरै भएको ठाउँमा पार्क र थोरै भएको ठाउँमा हरियाली मात्रै कायम गर्दै अघि बढेको बताउनुभयो । ‘महानगरपालिकाले वागमती र विष्णुमती किनारका जग्गा संरक्षण गर्दै आएको छ,’ उहाँले भन्नुभयो, ‘त्यो बाहेक भित्री सहरका पनि अतिक्रमण गरी व्यक्ति वा संस्थाले प्रयोग गर्दै जग्गामा स्थानीयको मागलाई समेत सम्वोधन गर्दै खोजिखोजी पार्क निर्माण गर्दै आएका छौँ ।’
उहाँले पनि विष्णुमती नदी किनारमा अहिले पाँच ओटा पार्क निर्माण भैरहेको र निर्माण सम्पन्नको चरणमा रहेको जानकारी दिनुभयो । ‘कालीमाटी दोभानमा महादेव पार्क निर्र्माण हुँदैछ । १३ र १५ नम्बर वडामा पनि पार्क निर्माण भैरहेको छ । त्यसैगरी वडा–१२, १८ र १९ को पनि पार्क निर्माणको अन्तिम चरणमा पुगेको छ,’ उहाँले भन्नुभयो, ‘अहिले वडा–१७ मा इन्द्रायणी पार्क शिलान्यास भएको छ । यसअघि वडा–१६ को चमतीमा पनि पार्क निर्माणको काम अघि बढेको छ ।’
उहाँले वागमती किनारमा पनि अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिसँग समन्वय गरेर वडा– ४, ५, ७, ३१, ३२ मा गरी करीब १२ वटा पार्क निर्माण भैरहेको र निर्माणको अन्तिम चरणमा पुगेको जनकारी दिनुभयो ।
आज शिलान्यास भएको पार्कको लागत १ करोड ८० लाख रुपैयाँ रहेको छ । यो पार्क असार सम्ममा सम्पन्न गर्ने योजना रहेको महानगरपालिकाले जानकारी दिएको छ


RECOMENDED News
Latest News
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
साउन १३ मा महाबौद्धमा पञ्चदान र दीपंकर बुद्धको शोभायात्रा
काठमाडौँ । हरेक १२ वर्षमा आयोजना हुने सम्यक महादानको स्मरण गराउने उद्देश्यले साउन १३ गते काठमाडौँको महाबौद्ध महाविहारमा दीपंकर...
१० साउन २०८३ ११:२७ |मेट्रो संवाददाता
थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि
काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...


