कमलपोखरीमा ९ वटा चैत्यको प्रतिस्थापन, (फाेटाे फिचर)

कमलपोखरीमा ९ वटा चैत्यको प्रतिस्थापन, (फाेटाे फिचर)

मेट्रो संवाददाता

२६ माघ २०७८ १५:४३

काठमाडाैंकाे वडा नं १ स्थित कमलपाेखरीमा ९ वटा चैत्यकाे निमार्ण हुने भएकाे छ ।

बुधबार कामपा प्रमुख बिद्यासुन्दर शाक्य तथा उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले पुजा अर्चना गरी ती चैत्यकाे प्रतिस्थापन गर्नुभएका छन् ।

‘९ वटा फाउन्टेन र पाेखरीकाे बीच भागमा कमलकाे फुलकाे आकारमा एउटा ठूलाे फाउन्टेन सहितकाे रमणीय, घुम्न याेग्य र आन्तरिक पर्यटकलाई बढावा दिने कमलपाेखरीकाे उद्घाटन चाँडै हुनेछ’, मेयर शाक्यले बताउनुभयाे,‘काेभिडकाे कारण पुनर्निर्माणमा केही ढिला भएकाे हाे । स्थानीयकाे चाहना र कमलपाेखरीकाे माैलिकतालाई कायम राखी पाेखरीकाे वरीपरी ९ वटा चैत्य र बीचमा ठूलाे रूख हुनेछ ।’

दाेश्राेचरणकाे पुनर्निर्माणमा पाेखरीकाे वरिपरि बाल उद्यान, ढुंगेधारा, अपांगता भएकाहरुलाई सजिलो हुने शौचालय, जिमहल, उद्यान र सार्वजनिक स्थलसहितको कमलपाेखरी छिट्टै नै पुनर्निर्माण पुरा हुन लागेकाे प्रमुख शाक्यले जानकारी दिनुभयाे ।

जनप्रतिनिधीहरूले आफ्नाे दायित्व र जनताले स्थानीय सरकार के हाे भन्ने बुझ्नुपर्छ’, उपप्रमुख श्रेष्ठले भन्नुभयाे, ‘जनताकाे अपेक्षाअनुसार काम नभए कै हाे । किन भने भुकम्पपश्चात सम्पदाकाे पुनर्निर्माणलाई पहिलाे प्राथमिकता राखी काम गरे ।’

‘काठमाडाैंकाे पहिचान नै यहाँकाे सस्कृति, सम्पदा, भाषा भएकाे हुनाले यसलाई लाेप हुन नदिन पहिलाे प्राथमिकता महानगरकाे भयाे’, उहाँले भन्नुभयाे,‘यहि संस्कृति, सम्पदा र भाषाले नेपालकाे संस्कृति वा पहिचानलाई जाेगाइराखेकाे हाे । ’

कार्यक्रममा कार्यकारी प्रमुख लाेकनाथ पाैडेल, सार्वजनिक निर्माण बिभागका प्रमुख राम बहादुर थापा, शहरी विकास याेजनाका उपाध्य सराेज बस्नेत, १ नं वडा अध्यक्ष भरतलाल श्रेष्ठ, वडा सदस्य रसला तण्डुकार उपस्थित हुनुहुन्थ्याे।

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता