मेट्रो संवाददाता
२५ फागुन २०७८ १८:५५

विश्व सम्पदा हनुमानढोकादेखि स्वयम्भु सम्मको पदमार्गको काम अब छिट्टै सुरू हुने भएको छ ।
पदमार्गको कामको थालनी गर्न आज माननीय शहरी विकास मन्त्री रामकुमारी झाक्री सहित उपस्थितिमा शहरी विकास मन्त्रालयमा छलफल कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा माननीय मन्त्री झाक्रीले अब यो योजना अगडि बढाउन आवश्यक बजेटको व्यवस्था मिलाएर छिट्टै सुरू हुने बताउनु भएको छ ।
वैठकमा माननीय जीवन राम श्रेष्ठ, माननीय गगन थापा, सचिव मणिराम गौतम, पुरातत्व विभाग महानिर्देशक दामोदर गौतम, ईश्वरमान डंगोल प्रवक्त्ता एवं १५ वडा अध्यक्ष उपस्थित हुनुहुन्थ्यो ।

विश्व सम्पदा सुचिमा रहेको हनुमानढोका दरवार क्षेत्र र स्वयम्भु क्षेत्रलाई हेरिटेज ट्रेलको रुपमा विकास गर्ने निर्णय यस अघि बसेको नागरिक पर्यटन मन्त्री प्रेम बहादुर आले र शहरी विकास मन्त्री रामकुमारी झाक्री सहित उपस्थितिमा पर्यटन मन्त्रालयमा मंसिर २३ गते बसेको वैठकले निर्णय गरेको थियो ।
मंसिर २३ गतेको वैठकले माननीय जीवन राम श्रेष्ठको संयोजकत्वमा ५ जनाको स्टेरिङ्ग कमिटी गठन गरेको थियो। कमिटीमा सदस्यहरु ईश्वरमान डंगोल, पुरातत्व विभागका महार्निदेशक दामोदर गौतम, उपसचिव टेक नारायण पौडेल, शहरी विकास विभागका महानिर्देशक पदम मैनाली रहनु भएको छ ।
RECOMENDED News
Latest News
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
साउन १३ मा महाबौद्धमा पञ्चदान र दीपंकर बुद्धको शोभायात्रा
काठमाडौँ । हरेक १२ वर्षमा आयोजना हुने सम्यक महादानको स्मरण गराउने उद्देश्यले साउन १३ गते काठमाडौँको महाबौद्ध महाविहारमा दीपंकर...
१० साउन २०८३ ११:२७ |मेट्रो संवाददाता
थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि
काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...


