मेट्रो संवाददाता
२५ फागुन २०७८ १९:०२

अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा मंगलबार कालिमाटी चोकमा विशेष रक्तदान कार्यक्रमको आयोजना भएकाे छ ।
काठमाडौँ महानगरपालिका १३ नम्वर वडाको महिला विकास समिति र नेपाल स्वयंसेवी रक्तदाता समाज कामनपा १३ नम्बर वडाले संयुक्त रुपमा गरेको कार्यक्रममा ७१ जनाले रक्तदान गरेका थिए । जसमध्ये २२ महिलाकाे सक्रिय सहभागिता थियाे भने ४० वर्ष मुनिका ३७ जना रहेका छन् ।
विश्वभर महामारीको रुपमा फैलिएको कोभिड १९ ले देशको रक्त व्यवस्थापनमा पारेको नकारात्मक प्रभावलाई न्युनिकरण गर्न नेपाल स्वयंसेवी रक्तदाता समाजले पछिल्लो देशव्यापी रुपमा रक्तदान अभियान अघि बढाएको छ ।
सोही अभियानलाई सहयोग गर्न मंगलबार कालिमाटीमा रक्तदान आयोजना गरिएको नेपाल स्वयंसेवी रक्तदाता समाज काठमाडौं महानगरपालिका १३ वडा नगर समितिका अध्यक्ष निरू महर्जनले बताईन ।
रक्तदान कार्यक्रम विहान ९ देखि १२ बजेसम्म सञ्चालन भएको थियो ।
कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्य, काठमाडौं महानगरपालिका वडा नम्बर १३ का अध्यक्ष ध्रुबनारायण मानन्धर, नेपाल रेडक्रस सोसाइटी स्वास्थ्य सेवा बिभागकी निर्देशक डा. मनिता राजकर्णिकार बिशेष अतिथि र नेपाल स्वयंसेवी रक्तदाता समाज काठमाडौं महानगरपालिका २० वडा नगर समितिका अध्यक्ष राम रञ्जित सहभागी थिए ।

कार्यक्रममा समाजका केन्द्रीय अध्यक्ष कर्माचार्यले कार्यक्रममा रक्तदान गर्नुहुने स्वयंसेवी रक्तदाताहरूलाई सम्मान स्वरूप डोनर र प्रमाणपत्र प्रदान प्रदान गरेका थिए ।
RECOMENDED News
Latest News
काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल
काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...
२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता
काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल
काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...
२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता
साउन १३ मा महाबौद्धमा पञ्चदान र दीपंकर बुद्धको शोभायात्रा
काठमाडौँ । हरेक १२ वर्षमा आयोजना हुने सम्यक महादानको स्मरण गराउने उद्देश्यले साउन १३ गते काठमाडौँको महाबौद्ध महाविहारमा दीपंकर...
१० साउन २०८३ ११:२७ |मेट्रो संवाददाता
थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि
काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...


