मेट्रो संवाददाता
२६ फागुन २०७८ २३:४९

कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जनले कीर्तिपुरका विद्यालयहरूलाई सम्पदा सम्बन्धी कथा सङ्ग्रह वितरण गर्नुभएको छ । पर्य–सम्पदा परियोजना अन्तर्गत ग्ल्(ज्ब्द्यक्ष्त्ब्त् र लुमन्ति आवासको लागि सहयोग समूहद्वारा तयार पारिएको सो कथा सङ्ग्रह यही फागुन २५ गते मंगल मा.वि.को हलमा भएको एक कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख महर्जनले वितरण गर्नुभएको हो ।
कार्यक्रममा वडा नं २ का अध्यक्ष रमेशमान डंगोल, वडा नं.६ का अध्यक्ष न्हुच्छे बहादुर महर्जन र वडा नं १० का अध्यक्ष अमन महर्जनसहित नगरपालिकाका कर्मचारीहरू, विद्यालयहरूका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । ४ वटा नगरपालिका (महालक्ष्मी, गोदावरी, कीर्तिपुर र चन्द्रागिरि) का १० वटा सम्पदा वस्तिहरूको जानकारी दिने गरी चित्र सहितको कथा सङ्ग्रह तयार गरिएको हो । कार्यक्रममा पर्य–सम्पदा परियोजनाद्वारा तयार पारिएका ज्भचष्तबनभ ध्बपिष्लन ःबउक हरू वडा अध्यक्षहरू तथा नगर प्रमुखलाई हस्तान्तरण गरिएको थियो ।
कार्यक्रममा ग्ल्(ज्ब्द्यक्ष्त्ब्त् का सूचना तथा सञ्चार संयोजक सुमन गिरिले पर्य–सम्पदा परियोजना अन्तर्गत अमूर्त सम्पदा संरक्षण अन्तर्गत लुमन्ति र ग्ल्(ज्ब्द्यक्ष्त्ब्त् द्वारा सो कथा सङ्ग्रह प्रकाशन गरिएको जानकारी दिनुभयो । विद्यालयहरूका प्रतिनिधिको उपस्थितिका लागि धन्यवाद् दिनुहुँदै अनुपस्थित विद्यालयहरूलाई शिक्षा शाखासँगको सहकार्यमा प्रदान गरिने बताउनुभयो ।
कार्यक्रममा वडा नं. ६ का अध्यक्ष न्हुच्छेबहादुर महर्जनले आफ्नो वडामा पर्य–सम्पदा परियोजना अन्तर्गत लुमन्तिद्वारा तयार गरिएका डिजाइनहरूलाई वडा, नगरपालिका तथा लुमन्तिसँगको सहकार्यमा मण्दः फल्चा, बहाः बहि, चोबाहाः ध्वाखा आदि निर्माण गरिएको बताउनुभयो ।
कीर्तिपुर नगरपालिकाका प्रमुख महर्जनले लुमन्तिले समुदाय, सरोकारवालासँगको सहकार्यमा मूर्त र अमूर्त सम्पदाको अभिलेखीकरण गरेकोमा धन्यवाद् व्यक्त गनुहुँदै कीर्तिपुर नगरपालिकाका सम्पदा वस्तिहरू ः पाँगा, कीर्तिपुर र चोभारको सम्पदा संरक्षण योजना अनुसारका कार्यहरू गरिएको बताउनुभयो । नगर प्रमुख महर्जनले चित्र सहितको कथा सङ्ग्रह विद्यालय तथा विद्यार्थीहरूका लागि निकै महŒवपूर्ण भएको र स्थानीय पाठ््यक्रमका लागि उपयोगी हुने समेत बताउनुभयो ।
कार्यक्रम लुमन्ति संस्थाका परियोजना संयोजक न्यूटन महर्जनले सञ्चालन गर्नुभएको थियो ।
RECOMENDED News
Latest News
काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल
काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...
२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता
काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल
काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...
२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता
साउन १३ मा महाबौद्धमा पञ्चदान र दीपंकर बुद्धको शोभायात्रा
काठमाडौँ । हरेक १२ वर्षमा आयोजना हुने सम्यक महादानको स्मरण गराउने उद्देश्यले साउन १३ गते काठमाडौँको महाबौद्ध महाविहारमा दीपंकर...
१० साउन २०८३ ११:२७ |मेट्रो संवाददाता
थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि
काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...


