कीर्तिपुर नगरपालिकाद्वारा वक्तृत्वकला प्रतियोगिता सम्पन्न

कीर्तिपुर नगरपालिकाद्वारा वक्तृत्वकला प्रतियोगिता सम्पन्न

मेट्रो संवाददाता

२८ फागुन २०७८ ११:५५

कीर्तिपुर नगरपालिकाले ११२औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको उपलक्ष्यमा नगरव्यापि अन्तर माध्यमिक विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता गरेको छ । फागुन २७ गते शुक्रबार अमल्सि स्थित कृष्ण क्याटरिङको हलमा भएको प्रतियोगितामा कीर्तिपुर नगर भित्रका १० वटा विद्यालयबाट कक्षा ९ र १० का १८ जना छात्र छात्राहरू सहभागी भएका थिए । यस प्रतियोगितामा नगरपालिकाले “समृद्ध समाज निर्माणमा नारीको भूमिका” र “दिगो विकासका लागि लैङ्गिक समानता” दुई समसामयिक विषय प्रदान गरी प्रतियोगीले गोलाप्रथामा परेको विषयमा आफ्नो वक्तृत्व कला प्रदर्शन गरेका थिए ।             

कीर्तिपुर नगरपालिकाका नगर प्रमुख रमेश महर्जनद्वारा वक्तृत्वकला प्रतियोगिताको शीर्षक वाचन गरी उद्घाटन गर्नु भएको उक्त प्रतियोगितामा शिक्षा शाखा प्रमुख टंकलाल गैरेबाट स्वागत मन्तब्य, कीर्तिपुर नगरपालिकाका उप प्रमुख सरस्वती खड्का, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र कार्कीसमेतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

प्रतियोगितामा तृतीय हुन सफल नेपाल एपिएफ स्कुलका सुश्रिता कुईंकेल, द्वितीय हुन सफल मंगल माध्यमिक विद्यालयका रोशन जोशी तथा प्रथम हुन सफल राराहिल मेमोरियल स्कुलका अभिज्ञा बेल्वासेलाई प्रमाण पत्र तथा नगद पुरस्कार क्रमशः ३ हजार, ५ हजार र ७ हजार प्रदान गरिएको थियो ।

पुरस्कार तथा प्रमाण पत्र प्रदान गर्दै नगर उप प्रमुख खड्काले नारीलाई श्रोतसाधनयुक्त, क्षमतावान बनाई आत्मनिर्भर बनाउन नगरपालिकाले शुरुदेखि जोड दिंदै काम गर्दै आएको र आज विकासमा पनि दिगो विकासको आवश्यकता भएकोले यस तर्फ छात्र छात्राहरुलाई उन्मुख गराउन यो शीर्षक दिइएको बताउनुभयो ।              

कार्यक्रममा पुरस्कृत विद्यालयहरूलाई मायोको चिनो प्रदान गरिएको थियो भने निर्णायको भूमिकामा रहनु भएका शहीद स्मारक कलेजका नेपाली विषयका अध्यापक मेनका वाग्ले, आर्किड ईन्टरनेशनल कलेजका नेपाली विषयका अध्यापक अमृता भट्टराई र विद्यालय सुपरीवेक्षक जुजुभाइ महर्जनलाई समेत सम्मान गरिएको थियो ।

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता