मेट्रो संवाददाता
४ चैत २०७८ ७:१७
ऐतिहासिक कमलपोखरी उद्घाटन भयो, अब यसलाई पर्यटनसँग जोड्छौँः मेयर शाक्य

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य पनि आफ्नो ‘ड्रिम प्रोजेक्ट’ का रुपमा रहेको कमलपोखरी पुनर्निर्माणको काम सम्पन्न भएको भन्दै उहाँले कमलपोखरी उद्घाटन क्रममा पनि खुशी व्यक्त गर्नुभयो ।

बुधबार साँझ भिलिमिली उज्यालोका बिच कमलपोखरीको उद्घाटन गर्दै उहाँले अवरोधका बिच पनि सुन्दर पोखरी निर्माण गरी उद्घाटनको चरणमा पुग्दा खुशी लागेको बताउनुभयो ।
‘ऐतिहासिक ठाउँलाई राम्रो देखाउनुपर्छ, संरक्षण गर्नुपर्छ, प्रवद्र्धन गर्नुपर्छ र पर्यटनसँग जोड्नुपर्छ भन्ने हाम्रो नीति नै हो,’ प्रमुख शाक्यले भन्नुभयो, ‘सार्वजनिक जग्गामा पार्क निर्माण गर्ने, हरियाली प्रवद्र्धन गर्ने उदेश्य अनुसार लामो समयदेखि बेवारिस र फोहोर जमेको पाखेरीलाई पुनर्जीवन दिने काम सम्पन्न गर्दा आज खुशी लागेको छ ।’

उहाँले परम्परागत, सांस्कृतिक र पर्यकटीय रुपमा विकास गर्ने अभियान अन्तर्रगत कमलपोखरीलाई गुरुयोजना बनाएर पुनर्निर्माण गरेको पनि जानकारी दिनुभयो । काठमाडौँ महानगरपालिकाले प्रदुषित अवस्थामा रहेको कमलपोखरीलाई व्यवस्थित गर्दै पर्यटनमैत्री पोखरीका रुपमा विकास गरेको भन्दै प्रमुख शाक्यले पोखरी उद्घाटनसँगै बिहान र साँझपख स्वस्थ्य हावा र हरियालीको मनोरञ्जन लिदैँ घुमफिर गर्ने उपयुक्त स्थानका रुपमा कमलपोखरी रहने बताउनुभयो ।
पहिलो चरणको काम सम्पन्न गरी कमलपोखरीको उद्घाटन भएको र अब दास्रो चरणको काम सँगसँगै सुरुवात गर्ने जानकारी दिनुभयो । एकातिर पानी अर्कोतिर हरियाली हेर्दै सबैले आनन्द लिने र ऐतिहासिक पर्यटकीय स्थलका रुपमा चिनाउने योजनासहित यो पोखरीको पुर्ननिर्माण अघि बढाएको उहाँको भनाई छ । उहाँले काठमाडौँ महानगरपालिकाले कमल पोखरी वरीपरी चिल्ड्रेन पार्क, ढुंगेधारा, अपाङ्गमैत्री शौचालय, जिम हल, उधान र सार्वजनिक स्थलसहितको डिजाइन तयार पारेको र त्यही अनुरुप काम अघि बढाउँदै उद्घाटनसम्म आइपुगेको पनि बताउनुभयो ।

नेकपा एमालेका युवा नेता डाक्टर राजन भट्टराईले आफ्नो निर्वाचन क्षेत्रमा सुन्दर कमलपोखरी बनेको भन्दै खुशी व्यक्त गर्नुभयो । उहाँले यसले यो क्षेत्रलाई पर्यटकीय क्षेत्र बनाउन समेत मद्त पुग्ने बताउनुभयो ।
काठमाडौँ महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले स्वच्छ वातावरणसहितको फराकिलो कमलपोखरीको उद्घाटन चरणमा आइपुग्दा आफुलाई आनन्द महशुस भएको बताउनुभयो । ‘यो ऐतिहासिक कमलपोखरी हो,’ उहाँले भन्नुभयो, ‘यो पोखरीलाई पहिलाको भन्दा पनि व्यवस्थित बनाउँदै यो अवस्थासम्म ल्याउन यहाँका बासिन्दा र सबैको ठूलो सहयोग प्राप्त भएको छ ।’

काठमाडौँ महानगरपालिकाका अनुसार कमलपोखरीमा चार ओटा कुनामा आकर्षक र संस्कृति झल्किने चार ओटा मण्डप र पूर्वतिर मुलढोकासँगै एउटा गरी पाँच ओटा मण्डप रहेका छन् ।
करीब ६ करोड ३६ लाखको लगानीमा निर्माण सम्पन्न भएको पोखरी परम्परागत नेवारी शैलीलाई आत्मसाथ गर्दै पोखरी पुर्ननिर्माण गरिएको छ। पोखरी छिर्ने गेटलाई नेपाली स्वरुप दिइएको छ भने पोखरी निर्माणमा नेपाली इट्टा र दर्शन ढुंगा प्रयोग गरिएको छ । पोखरी आसपासमा नेपालीपना झल्काउन झिँगटीका छानाको व्यवस्था गरिएको छ । त्यसैगरी विभिन्न ठाउँमा चैत्य र पाँचओटा मकरधार रहेका छन् ।

काठमाडौँ महानगरपालिका सहरी पूर्वाधार विभागका प्रमुख राम थापाले काठमाडौँ महानगरपालिका रहेको यो पोखरी हेर्न, वस्न र केही समय मनोरञ्जनसहित व्यथित गर्न लायक हुने ढाँचासहित पुनर्निर्माण गरिरहेको जानकारी दिनुभयो ।
‘सबै भन्दा ठूलो कुरा त पोखरीलाई पुर्नजीवित गर्ने काम भएको छ,’ उहाँले भन्नुभयो, ‘हिलो, ढल र घाँसले भरियो यो पोखरी अहिले अनुपम सौदर्यले भरिपूर्ण देखिएको छ र पोखरीले आफ्नो स्वरुप प्राप्त गरेको छ ।’ उहाँले काठमाडौँको मौलिक संस्कृतिलाई प्राथमिकतामा राखेर घाट निर्माण गर्ने जस्ता कार्य गरेको पनि जानकारी दिनुभयो । उहाँले छठमैत्री पोखरीका रुपका समेत विकास गरेको जानकारी दिनुभयो ।
वडा–१ का अध्यक्ष भरतलाल श्रेष्ठले प्रमुख शाक्यसँग पोखरी पुननिर्माणका लागि ६०–७० लाख माग गरेको तर उहाँले आफुले सोचे भन्दा धेरै गुणा बढी रकम दिएपछि पोखरीले यो स्वरुप प्राप्त गरेको बताउनु भयाे ।
RECOMENDED News
Latest News
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
साउन १३ मा महाबौद्धमा पञ्चदान र दीपंकर बुद्धको शोभायात्रा
काठमाडौँ । हरेक १२ वर्षमा आयोजना हुने सम्यक महादानको स्मरण गराउने उद्देश्यले साउन १३ गते काठमाडौँको महाबौद्ध महाविहारमा दीपंकर...
१० साउन २०८३ ११:२७ |मेट्रो संवाददाता
थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि
काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...


