‘महानगरको नीति, योजना र निर्णयमा कुनै विवाद छैन’

‘महानगरको नीति, योजना र निर्णयमा कुनै विवाद छैन’

मेट्रो संवाददाता

४ चैत २०७८ २०:१६

सम्पदा संरक्षणमा महानगरले गरेका कामका विषयमा मेयर शाक्यको पत्रकार भेटघाट

गत ४ वर्षमा काठमाडाैं महानगरपालिकाले सम्पदा क्षेत्रमा गरेका महत्वपूर्ण कार्यहरुको सूचीसहित आज काठमाडाैं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले पत्रकार भेटघाट गर्नुभएकाे छ ।

काठमाडौ महानगरपालिकाको मूल ‘सास्कृतिक सहर, काठमाडौं महानगर’ लाई सार्थक बनाउने गरी महानगरपालिकाले यहाँकाे कला, संस्कृति, सम्पदाहरुको संरक्षण, सम्वर्द्धन, निर्माण एवं पुनः निर्माणको कार्यलाई प्राथमिकताकासाथ अघि बढाउदै आइरहेको कामका विषयमा मेयर शाक्यले पत्रकारहरूलाई जानकारी दिनुभयाे।

‘२०७४ सालको स्थानीय निर्वाचनबाट निर्वाचित भई आएपश्चात हाम्रो पहिलो प्राथमिकता ने २०७२ सालको शक्तिशाली भूकम्पबाट क्षतिग्रस्त भएका सम्पदाहरुको पुनर्निर्माण एवं जीर्णोद्धार गर्ने कार्य भइरहेको सर्वविदित नै छ।’, उहाँले भन्नुभयाे, ‘प्राचीन स्मारक संरक्षण ऐन २०१३ को कानूनी व्यवस्था बमोजिम यहाँको कला, संस्कृति, सम्पदा संरक्षण तथा प्रवर्द्धनको कार्यलाई काठमाडौं महानगरपालिकाले तयार गर्ने नीति तथा कार्यक्रम र बजेटमा विशेष प्राथमिकताकासाथ व्यवस्था गरी हरेक वर्ष करीब रु १०० करोड भन्दा बढी बजेट छुट्याउदै आइरहेको छ ।’

‘हामीले भौतिक सांस्कृतिक सम्पदातर्फ काष्ठमण्डप, कमलपोखरी, दरबार हाइ स्कूल, वडाहरुमा भएका ऐतिहासिक वहाः वही, मठमन्दिर, चैत्य, विहार, गुठी घर, द्यःछें जस्ता १५० भन्दा बढी सम्पदाहरुको पुनर्निर्माण गरिसकेका छौं ।’, उहाँले भन्नुभयाे, ‘यी भौतिक सम्पदासँग सांस्कृतिक, सामाजिक र धार्मिक गतिविधि सम्बन्धित छन् । ती चालचलन चलाउन आवश्यक पर्ने परम्परागत जात्रा पर्व सञ्चालन गर्ने, यसका लागि आवश्यक पर्ने बाजागाजा, नाच, भेष भुषा, खाना तथा चलनलाई नासिन नदिन लगानी गरेका छौँ ।’ 

महानगरपालिकाले महानगरभित्र मात्र नभई उपत्यकाका भित्रका अन्य नगरपालिका र भगिनी सम्बन्ध भएका विभिन्न नगरका सांस्कृतिक, ऐतिहासिक र पुरातात्विक महत्वका क्षेत्रहरुको विकास तथा संरक्षणमा सहकार्य र साझेदारी गर्दै यथासम्भव सहयोग गर्दै आइरहेको मेयर शाक्यको भनाइ थियो । यसै कार्यक्रम अन्तर्गत लुम्बिनीको बज्रयान महाविहार, रामग्रामको पण्डितपुर क्षेत्रको विकास, जुम्लाको चन्दननाथ मन्दिर क्षेत्रको संरक्षण तथा विकास लगायतका काम भएको उहाँले बताउनुभयाे ।

नेपालको संविधानले मुलुकको मूर्त तथा अमूर्त कला, संस्कृति, सम्पदा, भाषा आदिको संरक्षण, सम्वद्र्धन एवं प्रवद्र्धन गर्ने अधिकार स्थानीय सरकारलाई दिएको छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ बमोजिम स्थानीय मूर्त एवं अमूर्त कला, संस्कृति, सम्पदा, भाषा, लिपि, संगीतको संरक्षण एवं सम्वद्र्धन गर्ने जिम्मेवारी स्थानीय सरकारलाई प्राप्त छ ।

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता