मेट्रो संवाददाता
२४ वैशाख २०७९ १३:२८

नेकपा एमाले काठमाडौं महानगरपालिकाले आफ्नाे विशाल पदयात्रा सुरु गरेको छ।
शनिबार बिहान काठमाडौंका भित्रि सहरका वडा नम्बर १२, १७, १८, १९, २०,२१,२२,२३, २४, २५ र २७ गरी ११ वडामा लक्षित गर्दै बृहद पदयात्रा सुरु गरेको हो ।

नेकपा एमाले काठमाडौं महानगर कमिटीका अध्यक्ष निर्मल देउजाका अनुसार हनुमानढोकास्थित कालभैरव नजिकैबाट सुरु भएको पदयात्रा बसन्तपुर, जैशीदेवल, लगन, भिमसेनस्थान, नरदेवी, अनशन, क्षेत्रपाटी, बाङ्गेमुढालगायतका स्थानसम्म पुगेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोख्रेलले एमालेले खोजेको र रोजेको प्रतिनिधि एमालेले उम्मेदवार बनाएकाले घरघरमा पुगेर एमालेका नीति र कार्यक्रम बुझाउन आह्वान गर्नुभयो। उहाँले जनताको सपना एमालेका प्रतिनिधिले मात्र पूरा गर्ने भएकाले सूर्य चिन्हमा मतदान गर्न आग्रह गर्नुभयो। पदयात्रा हनुमान ढोकाबाट पदयात्रा थालिएको छ।

विभिन्न स्थानहरूमा पदयात्रामा शहभागी उम्मेदवारहरूलाई राेकेर नेवार परम्पराअनुरूप अण्डा, माछा, रक्सीसहितकाे सगुनले स्वागत गरेका थिए ।

यहिक्रममा जैशीदेवल नजिकै र्याली पुग्दा ७५ वर्षीया मोतिदेवी महर्जनले खुशी हुँदै मेयर–उपमेयर पदका उम्मेदवारलाई सगुनसहित जितको शुभकामना दिइकी थिइन । मोतिदेवीलगायतको टीमले गरेको स्वागतलाई मयेर स्थापितले ग्रहण गरेका थिए । स्थापितले आमाको आशिर्वादले आफ्नो बिजय सुनिश्चित भएको पत्रयात्रामा सहभागीहरुलाई सुनाएका थिए ।

त्यसैगरी उपमेयरकी उम्मेदवार डंगोललाई पनि मतदाताहरुले आशिर्वाद र शुभकामना दिएका थिए । उनले यहाँका मतदाताले देखाएको अपार स्नेह र सद्भावले उत्साहित हुँदै जित सुनिश्चित भएको बताईन ।

पदयात्रामा ठुलो सख्ंयामा जनसहभागीता देखिन्थ्यो । पदयात्रामा काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, नेकपा (एमाले)का स्थायी कमिटी सदस्य कृष्णगोपाल श्रेष्ठ, प्रदेशसभा सदस्यहरु डाक्टर अजयक्रान्ति शाक्य, राजेश शाक्यलगायत पनि सहभागीता थियो ।

काठमाडौं महानगरपालिकाका मेयर पदमा केशव स्थापित र उपमेयरमा सुनिता डंगोललाई उठाएको छ। भित्रि सहरका विभिन्न वडामा हुने बृहद् पदयात्रापछि काठमाडौं महानगरपालिकाको चुनावी महोल थप सशक्त बन्ने एमालेको विश्वास छ।
RECOMENDED News
Latest News
Pinco Online Kazino Azərbaycanda – Sürətli Ödənişlər və Çıxarışlar (Пинко Казино Онлайн)
Pinco Online Kazino Azərbaycanda – Sürətli Ödənişlər və Çıxarışlar (Пинко Казино Онлайн) ▶️ OYNA Содержимое Pinco Casino Azərbaycanda Pinco...
२९ जेठ २०८३ २३:१४ |मेट्रो संवाददाता
तरकारी–फलफूल थोक बजार संस्थामा कार्यसमिति निर्बिरोध चयन
काठमाडौं महानगरपालिका–१३ कालिमाटीमा अवस्थित केन्द्रिय तरकारी–फलफूल बजारका व्यवसायीहरूको प्रतिनिधिमूलक संस्था तरकारी फलफूल थोक बजार व्यवसायिक संस्थाको ३१औँ वार्षिक साधारण...
३ मंसिर २०८२ १२:४२ |मेट्रो संवाददाता
वसन्तपुरमा २७औँ वर्षदेखि सामूहिक भाइटीका
काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचिकृत वसन्तपुर दरबार क्षेत्रको मरुसत्तलमा यस वर्ष पनि सामूहिक भाइटीका कार्यक्रम सम्पन्न भएको छ...
६ कार्तिक २०८२ २०:४० |मेट्रो संवाददाता
नेवार र तीज : सांस्कृतिक अनुकूलन, मिडिया प्रभाव र पहिचानको प्रश्न
तीज नेपालमा प्रचलित महिला–केन्द्रित पर्व हो, जसमा शिव–पार्वतीको विवाहकथा, व्रत, र गीत–नृत्य मुख्य अंग छन्। परम्परागत रूपमा यो बाहुन–क्षेत्री...












