काठमाडाैं महानगरपालिकाकाे मतगणना सुरु

काठमाडाैं महानगरपालिकाकाे मतगणना सुरु

मेट्रो संवाददाता

३१ वैशाख २०७९ १०:०६

काठमाडौँ महानगरको मत गणना सुरू भएको छ । मतगणनाका लागि काठमाडाैं महानगरपालिकाकाे वडा नं. १ र ३२ काे मतमेटिका खाेलिएकाे छ । सर्वप्रथम हितिगा: र नक्साल भगवती बुथ ‘क’ काे मतपेटिका खाेलिएकाे छ । उक्त दुई मतपेटिका एकै ठाउँमा राखेर गणना भइरहेकाे छ ।  राष्ट्रिय सभागृहमा शनिबार विहान करिब ९ बजेदेखि मतगणना सुरु भएको हो ।

वडा नं. १ मा ३ वटा मतदान स्थल र ५ वटा मतदान केन्द्रबाट निर्वाचन भएको थियो । वडाका कुल मतदाता ३ हजार ७२९ जना छन् । यसै गरी वडा ३२ मा ९ मतदान स्थल र २२ वटा केन्द्र थिए । यस वडामा १८ हजार ९१३ जना मतदाता छन् ।

गए राती १२ बजेपछि बसेको सर्वपक्षीय बैठकले गरेको निर्णयअनुसार निर्वाचन अधिकृतको कार्यालय राष्ट्रियसभा गृहमा मतगणना सुरू भएकाे हाे ।

दलका १-१ प्रतिनिधि र स्वतन्त्रकाे हकमा बढीमा ५ जना प्रतिनिधि राखेर मतगणना सुरु भएकाे निर्वाचन अधिकृत प्रेमकुमार श्रेष्ठले जानकारी दिए ।

मत गणना वडा १ बाट माथि र ३२ बाट तल हुने गरी थालनी भएको छ । एक पटकमा ५ वटा वडाबाट गणना थालिनेछ ।आयोगले दलबाट एक जना र स्वतन्त्रबाट प्रतिनिधिमुलक प्रतिनिधित्व गराउन भनेको छ । यसैअनुसार व्यवस्था मिलाइनेछ ।

सभा गृहमा हिजो मतदान सकिएपछि साढे ५ बजेबाट मतपेटिका ल्याउन थालिएको थियो । ६ वटा काउन्टर राखेर मुख्य निर्वाचन अधिकृतको कार्यालयले करिब साढे ११ बजेसम्ममा सबै पेटिका बुझेको थियो । त्यसपछिको आधा घण्टामा सर्वदलीय बैठक बसेको थियो । 

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता