मेट्रो संवाददाता
६ जेठ २०७९ १७:०८

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न शाखाहरुबाट विभिन्न कार्यक्रमहरु संचालन गर्दै आइरहेको महालक्ष्मी विकास बैंक लिमिटेडको कालिमाटी शाखाले शुक्रबारकाे दिन रक्तदान कार्यक्रम सम्पन्न गरेकाे छ ।
बैंकको २८ औं वार्षिक उत्सवको उपलक्ष्यमा कामपा १३ वडास्थित कालिमाटी शाखाको आयोजनामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएकाे हाे । शाखाको कार्यालय रहेकै चण्डी कम्प्लेक्समा उक्त रक्तदान गरिएको थियो । कार्यक्रमा २६ जनाले रक्तदान गर्नुभएको बैंकका शाखा प्रमुख उत्सव माकजुले बताउनुभयो ।
यस्ता सामाजिक कार्यहरूबाट बैंकका ग्राहकवर्ग लाभान्वित हुने र बैंकबाट प्रवाह भइरहेको डिजिटल पेयमेन्ट सिस्टम लगायतका विभिन्न सेवाबाट आफ्नो व्यवसाय बढाउन सकिने पनि शाखा प्रमुख माकजुले बताउनुभयो । महालक्ष्मी विकास बैंकले हाल देशभरि १०३ वटा शाखाबाट करिब ६ लाख ग्राहकलाई सेवा दिइरहेको छ ।
रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी स्वास्थ्य सेवा विभाग प्रमुख डा. मनिता राजकर्णिकार, रेडक्रस गणबहाल उपशाखा सभापति अमृतनारायण मानन्धर, सामाजिक अभियन्ता सुमन साय्मि आदिको पनि उपस्थिति रहेको थियो ।
RECOMENDED News
Latest News
काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल
काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...
२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता
काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल
काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...
२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता
साउन १३ मा महाबौद्धमा पञ्चदान र दीपंकर बुद्धको शोभायात्रा
काठमाडौँ । हरेक १२ वर्षमा आयोजना हुने सम्यक महादानको स्मरण गराउने उद्देश्यले साउन १३ गते काठमाडौँको महाबौद्ध महाविहारमा दीपंकर...
१० साउन २०८३ ११:२७ |मेट्रो संवाददाता
थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि
काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...


