महिलालाई क्षमता अभिवृद्धि तालिम

महिलालाई क्षमता अभिवृद्धि तालिम

मेट्रो संवाददाता

८ पुष २०७९ १६:३६

भक्तपुरको टिगनीमा महिला तथा बेरोजगार युवा लक्षित क्षमता अभिवृद्धि तालिम

भक्तपुरको टिगनीमा महिला तथा बेरोजगार युवा लक्षित क्षमता अभिवृद्धि तालिम सञ्चालन भइरहेको छ ।

मध्यपुर थिमि नगरपालिका वडा नं. ९ को लागत साझेदारीमा श्री नीलबाराही महिला समुहले १५ दिने तालिम सञ्चालन गरेको हो ।

तालिम कार्यक्रमलाई सम्बोधन गर्दै मध्यपुर थिमि नगरपालिकाका उपप्रमुख विजय कृष्ण श्रेष्ठले स्थानिय महिला तथा युवाको लागि सीप, क्षमता र दक्षता अभिवृद्धि गराउने कार्यक्रम आवश्यक रहेको जनाए ।

‘हाम्रो नगरपालिकामा यस्ता थुप्रै कार्यक्रमहरु हुने गरेका छन् । अझ एउटै व्यक्तिले एक भन्दा बढी तालिममा सहभागी भएर सीप र क्षमता विकास गरेका छन् । अब तालिमबाट सिकेको ज्ञानलाई उपयोग गरी उद्यमशील बन्न आग्रह गर्दछु ।’ उपप्रमुख श्रेष्ठको भनाइ थियो ।

त्यस्तै, वडा नं. ९ का वडाध्यक्ष सानुकाजी राजबाहकले लक्षित वर्ग पहिचान गरी सञ्चालन भइरहेको तालिमले ठोस उपलब्धि हुने विश्वास व्यक्त गरे ।

उद्घोषण, सिलसिला मिलाएर बोल्ने शैली, नेतृत्व विकास, संस्थागत संरचना र उद्यमशीलता विकास लगायतका शिर्षक रहेको तालिमबाट महिलाहरुले पारिवारिक र सामाजिक नेतृत्व गर्ने क्षमतामा सुधार ल्याउने बताए ।

‘हामीले तालिम कार्यक्रममा ३० जना मात्र समेट्ने भनेका थियौं । तर कार्यक्रमप्रति यति धेरै आकर्षण रह्यो कि पचास भन्दा बढी सहभागीहरु उत्साही भएर दैनिक रुपमा आइरहेका छन्’ संयोजक रेणु श्रेष्ठले बताइन् ।

स्थानिय महिला, युवा तथा बेरोजगारहरुको क्षमता विकास गराएर दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले तालिम कार्यक्रमको आयोजना गरिएको श्रेष्ठको भनाइ थियो ।

मुख्य स्रोत व्यक्ति सञ्चारकर्मी केके मानन्धर, उद्यमशीलतर्फका प्रशिक्षक सुमिना मानन्धर तथा लक्ष्मी श्रेष्ठ तालिम कार्यक्रममा सहजीकरणको भूमिकामा छन् ।

बोडेदेखि नीलबाराही जाने बाटोमा पर्ने नीलकण्ठेश्वर मन्दिरको सभाहलमा पुस १ देखि सञ्चालन भइरहेको तालिम कार्यक्रम पुस १५ गते समापन हुँदैछ ।

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता