श्रीस्वस्थानी व्रतकथा तथा १ महिने शालीनदी मेलाको सम्पूर्ण तयारी पूरा

श्रीस्वस्थानी व्रतकथा तथा १ महिने शालीनदी मेलाको सम्पूर्ण तयारी पूरा

मेट्रो संवाददाता

१५ पुष २०७९ १९:२०

श्रीमाधव नारायण-श्रीस्वस्थानी व्रत कथा तथा १ महिने शालीनदी मेलाको सम्पूर्ण तयारी पूरा भएको छ।

काठमाडौंको शंखरापुर नगरपालिकामा रहेको साँखुमा हरेक वर्ष जस्तै याे वर्ष पनि पुस २२ गतेदेखि माघ २२ गतेसम्म सञ्चालन हुने भएकाे छ ।

श्रीमाधवनारायण श्रीस्वस्थानी व्रत तथा शालीनदी सुधार समितिका अध्यक्ष बालकृष्ण श्रेष्ठले व्रत तथा मेलाको सम्पूर्ण तयारी पूरा भएको जानकारी पत्रकार सम्मेलनमार्फत दिएका छन्।

शुक्रबार साँखुकाे सक्वः रिसाेर्टमा गरिएको पत्रकार सम्मेलनमा अध्यक्ष श्रेष्ठले शुक्रबार भएकाे पत्रकार सम्मेलनमा मेलाको तयारी पूरा भएको जानकारी गराए।

श्रेष्ठले शालीनदीमा एक महिने व्रत वस्न चाहने व्रतालुहरुको अधिक सेवा र सुविधाको लागि पहिले नै लगत संकलनको लागि नाम दर्ताको व्यवस्था गरिएको जानकारी दिएका छन्।

यस्तै भक्तजनहरुका लागि स्वास्थ्यकर्मीहरू सहितको प्राथमिक उपचार कक्ष राखि निःशुल्क रुपमा औषधोपचारको व्यवस्था गरिने, भक्तजनहरुको लागि निःशुल्क खानेपानी वितरण गरिने, कोभिडको जोखिमलाई ध्यानमा राख्दै निःशुल्क मास्क वितरण गरिने अध्यक्ष श्रेष्ठले जानकारी दिए।

साँखु शालीनदी पुग्नका लागि पर्याप्त बसहरुको व्यवस्था गर्ने, प्रत्येक गाडीमा भाडादर समेत टाँसेर सेवा सुविधा दिने, सुरक्षाका लागि शालीनदी परिसरभित्र विभिन्न स्थानमा सिसिटिभी क्यामेराको व्यवस्था मिलाउनुका साथै सामुदायिक प्रहरी सेवा केन्द्र तथा महानगरीय प्रहरी प्रभाग साँखुको टोली परिचालन गरिने जानकारी दिइएको छ।

मेलामा देश तथा विदेशबाट ३० देखि ३५ लाखसम्म धार्मिक पर्यटक आउने शालीनदी सुधार समितिले अपेक्षा लिएको छ। शालीनदीमा परापूर्वकालदेखि एक महिनासम्म चल्दै आइरहेको कठिन व्रत र धार्मिक मेला यो वर्ष पुस २२ गतेदेखि माघ २२ गतेसम्म सञ्चालन हुँदैछ।

नेपाल संवतको आठौं शताब्दीदेखि सुरु भएको विश्वास गरिने एक महिने माधवनारायण ब्रत एवं मेला हरेक वर्ष पौषशुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म लाग्छ। स्वस्थानी ब्रत कथाको भूमिका खण्डमा उल्लेख भए अनुसार यसका कथयिता स्कन्द अर्थात् कुमार हुन् र प्रथम श्रोता अगस्त्य मुनि।

स्वस्थानी कथाबारे गरिएका अनुसन्धानहरूले यसलाई स्कन्दपुराणको केदारखण्ड, माघ माहात्म्यबाट उद्धृत गरिएका हुन भन्ने मान्यता छ। साथै यो पार्वतीले भगवान शिवलाई पतिको रुपमा पाउँं भनी ब्रत बसेको भन्ने आधार पनि चर्चित छ।

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता