मेट्रो संवाददाता
२४ पुष २०७९ १८:४३
रुद्रलाल समाजेवाबाट मनु मोक्तान पुरस्कृत

गैरसरकारी संस्था महासंघका सल्लाहकार एवम् प्रतिष्ठानका अध्यक्ष शान्तलाल मुल्मीद्वारा लिखित अंग्रेजी पुस्तक ‘रिलेन्टलेस जर्नी’को लोकार्पण भएकाे छ ।
गैरसरकारी संस्था महासंघ र छत्रलक्ष्मी–रुद्रलाल स्मृति प्रतिष्ठानले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा उक्त पुस्तक विमाेचन गरिएकाे हाे ।
सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधिश तथा राष्ट्रिय मानव अधिकार आयोगका पूर्व अध्यक्ष अनुपराज शर्माले पुस्तक विमाेचनपश्चात मुल्मीका विगतका समाजसेवा र उनका छोरा शान्तलाल मुल्मीका समाजसेवाको अनुकरण गर्नुपर्ने बताउँदै समाजसेवाको सिद्धान्त र क्रियाकलाप बुझ्न लोकार्पण गरिएको पुस्तक अध्ययन गर्नुपर्ने बताए ।
वरिष्ठ मानवअधिकारकर्मी प्रा.कपिल श्रेष्ठले राणाकाल, पञ्चालतकाल र प्रजातान्त्रिक कालमा मुल्मी परिवारले सामाजिक कार्य गरेको चर्चा गरे । राष्ट्रिय योजना आयोगका सदस्य सलोनी सिंहले पुस्तकले आफूले आफैलाई चिन्नुपर्ने र आफैलाई पहिला खोतल्न अभिप्रेरणा दिने बताए ।
‘महात्मा गान्धीको अनुसरण गरी नेपालमा तुलसी मेहरसँग सहकार्य गरेर नेपालमा स्वतन्त्रता, आत्मनिर्भरता र अहिंसाको शिक्षा रुद्रलाल मुल्मीले दिनुभएकाे हाे ।’, नेपाल मानव अधिकार आयोगका पूर्व सदस्य गौरी प्रधानले भने, ’मुल्मीले महिलाहरुको उद्धार गरी सिपमुलक तालिम दिने, शिक्षा दिने, नेपाली स्वदेशी उत्पादनमा अभिप्रेरणा जगाउने कार्य प्रति सदैव नमन् गर्दछु ।’
रुद्रलाल मुल्मीले थालनी गरेकाे सामाजिक कल्याणको कार्यमा उनका छोरा शान्तलाल मुल्मीले थप सामाजिक विकासका लागि काम गरेको र आफूहरुको पालामा आएर सामाजिक सशक्तिकरणका कार्य गरेको गौरी प्रधानले बताए ।
’रुद्रलाल मुल्मीले राज्यसत्ता फेर्नेदेखि जनताको जीवनशैली फेर्नेसम्म कार्य गरेको र सोको अभिलेखिकरण गर्ने काम पुस्तकमार्फत केही हदसम्म भएको छ ।’, अमेरिकाका लागि नेपालका पूर्व राजदुत डा.अर्जुन कार्कीले भने, ’पुस्तकका लेखक शान्तलाल मुल्मीले मनु तामाङको सामाजिक कार्य र समाजेवी रुद्रलाल मुल्मीमा कार्यगत विशेषता मिल्दाजुल्दा खालको देखिएको र निस्वार्थ रुपमा सेवा गर्नेलाई बर्षेनी सम्मान गर्दै जानेछाैं ।’
लेखक मुल्मीले पुस्तक लकडाउनका बेलामा नेपालीमा ’मभित्रको म’ लेखेको त्यसैलाइ अहिले अंग्रेजीमा ‘रिलेन्टलेस जर्नी’ पुस्तक प्रकाशन गरेको जानकारी दिए ।
रुद्रलाल समाजेवाबाट मनु मोक्तान पुरस्कृत
कार्यक्रममा प्रदेश नं १ का पहाडी क्षेत्रमा शिक्षा, स्वास्थ्य, खानेपानीलगायतका क्षेत्रमा निस्वार्थ रुपमा समाजसेवामा जीवन अर्पण गरेका ८० वर्षे मनु मोक्तानलाई रुद्रलाल समाज सेवा पुरस्कारबाट सम्मान गरिएको छ ।
गैरसरकारी संस्था महासंघ र छत्रलक्ष्मी–रुद्रलाल स्मृति प्रतिष्ठानले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधिश तथा राष्ट्रिय मानव अधिकार आयोगका पूर्व अध्यक्ष अनुपराज शर्माले मोक्तानलाई सम्मान गरेको हो ।
माेक्तान अस्वस्थता कारण समाराेहमा उपस्थित हुन नसकेकाले उनको सम्मान नेपाल तामाङ घेदुङ संघका अध्यक्ष मोहन गोलेले सम्मान थाप्दै उनकाे घरमा पुर्याइदिने बचन दिए ।
RECOMENDED News
Latest News
काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल
काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...
२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता
काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल
काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...
२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता
साउन १३ मा महाबौद्धमा पञ्चदान र दीपंकर बुद्धको शोभायात्रा
काठमाडौँ । हरेक १२ वर्षमा आयोजना हुने सम्यक महादानको स्मरण गराउने उद्देश्यले साउन १३ गते काठमाडौँको महाबौद्ध महाविहारमा दीपंकर...
१० साउन २०८३ ११:२७ |मेट्रो संवाददाता
थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि
काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...


