काठमाडौं महानगरपालिका वडा नं १८ को साप्ताहिक सांस्कृतिक कार्यक्रमको भव्य समापन

काठमाडौं महानगरपालिका वडा नं १८ को साप्ताहिक सांस्कृतिक कार्यक्रमको भव्य समापन

मेट्रो संवाददाता

२० असार २०८१ ६:५३

काठमाडौं महानगरपालिका १८ वडाले साप्ताहिक सांस्कृतिक कार्यक्रममको एक विशेष कार्यक्रमका साथ समापन गरेको छ ।

काठमाडौंका उपमेयर सुनिता डंगोलको प्रमुख आतिथ्यमा सांस्कृतिक कार्यक्रमको समापन भएको हो । समापन कार्यक्रममा उपमेयर सुनिता डंगोलले १८ वडामा जेठ महिनादेखि साप्ताहिक रुपमा भइरहेको सांस्कृतिक कार्यक्रममा प्रस्तुति दिने कलाकारहरुलाइ प्रमाणपत्र वितरण गरेका थिए ।

काठमाडौं महानगरपालिकाको स्वर्णिम योजना अन्तर्गत साप्ताहिक सांस्कृतिक कार्यक्रमले अमुर्त सम्पदाको जगेर्ना हुने बताउँदै उपमेयर डंगोलले भने, ‘यस साप्ताहिक सांस्कृतिक कार्यक्रमको मूल उद्देश्य भनेकै स्थानीय बाजागाजा लगायत अमुर्त सम्पदाको जगेर्ना र लुकेर बसेका प्रतिभालाइ प्रस्फुटन गराउनु हो ।’

१८ वडाअन्तर्गत विभिन्न स्थानमा गरिएको साप्ताहिक सांस्कृतिक कार्यक्रमको समापन कार्यक्रम भुरुङ्गख्यःमा भएको थियो ।
१८ वडाका अध्यक्ष न्हुछेकाजी महर्जनले गाएको ‘गाउँ गाउँ बाट उठ…’ बोलको प्रगतिशील गीतबाट शुरु भएको उक्त कार्यक्रममा ७५ जना कलाकारहरुले आफ्नो प्रस्तुति दिएका थिए । वडा अध्यक्ष महर्जनका अनुसार हरेक सप्ताह विभिन्न सांस्कृतिक, सम्पदा तथा पर्यटकीय महत्वपूर्ण क्षेत्रहरुमा कार्यक्रम गरेको बताए ।

वडा अध्यक्ष महर्जनका अनुसार १८ वडामा पुष्पलाल पार्क, त्यंगल, किलागल, ङत वैद्य चाेक, ङतपाचाे सिमिमुगः गल्ली, ताम्सिपाखा गाःहिति र भुरूङखेलमा महानगरकाे स्वर्णिम याेजना अन्तर्गतकाे साप्ताहिक सांस्कृतिक कार्यक्रम सञ्चालन भएकाे हाे ।

काठमाडौं महानगरपालिका, सम्पदा तथा पर्यटन विभागको आयोजनमा स्वणर्िम योजना अन्तर्गत सांस्कृतिक महानगर अन्तर्गत वडा नं ५, ६, ८, १५, १८, २३ र २६ मा साप्ताहिक सांस्कृतिक कार्यक्रम शुरु गरेको थियो । उक्त ८ वटा सांस्कृतिक वडाहरुमा रहेका विश्व सम्पदा क्षेत्र, पर्यटकीय क्षेत्रको विभिन्न स्थानमा रहेको पुराना दबू, सम्पदा तथा पर्यटकीय क्षेत्रहरुमा साप्ताहिक सांस्कृतिक कार्यक्रम गर्न काठमाडौं महानगरपालिका सम्पदा तथा पर्यटन विभागका कुमारी राईले वैशाख ३० गते परिपत्र जारी गरेका थिए ।


विगत वैशाख ३० देखि ८ वटा वडाहरुमा साप्ताहिक रुपमा भइरहेको यस कार्यक्रमले काठमाडौंका अमूर्त सम्पदाहरु धिमे खलः (चिग्वः धिमे, धुन्या धिमे, माःतने) दाफा खलः (ग्वारा, चालि, बय्, कोंचाखिं), बाँसुरी खलः, धाः खलः, नाय्खिं, देवी नृत्य, लोक नृत्य, चर्या नृत्य, लोक गीत प्रवद्र्धन र सम्बद्र्धनमा टेवा पुर्‍याएको आयोजकको धारणा रहेको छ ।

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता