मेट्रो संवाददाता
१९ भदौ २०८१ २०:०७
काठमाडौँ, १९ भदौ : पेरिस पारालिम्पिक २०२४ मा नेपालका लागि कास्य पदक जित्ने पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई काठमाडौँ महानगरपालिकाले ५ लाख रुपैयाँ नगदसहित सम्मान गरेको छ। काठमाडौँ प्लाजामा बुधवार आयोजित कार्यक्रममा मेयर बालेन शाहले पलेशालाई सम्मान पत्र प्रदान गर्नुभएको थियो भने उपमेयर सुनिता डंगोलले नगद चेक हस्तान्तरण गर्नुभयो।
यस अवसरमा पलेशाका प्रशिक्षक कविराज नेगी लामालाई ३ लाख रुपैयाँ नगदसहित सम्मान गरिएको थियो। त्यस्तै, पलेशाका माता-पिता पनिता र प्रदिप गोवर्धनलाई पनि विशेष सम्मान प्रदान गरियो। कार्यक्रममा महानगर प्रवक्ता नविन मानन्धर, सामाजिक समितिका संयोजक रामकुमार केसी, तेक्वान्दो एशोसिएसनका अध्यक्ष प्रकाश शम्शेर राणा, ओलम्पियन संगीना वैद्य लगायत खेल क्षेत्रका पदाधिकारी र खेलाडीहरूको उपस्थिति रहेको थियो।
पलेशाले गत शुक्रबार पेरिसको ग्राण्ड प्यालेसमा के–४४ क्याटागोरीको महिला ५७ केजी तौल समूहमा सर्वियाकी मरिजा मिसेभलाई १५–८ ले पराजित गर्दै कास्य पदक जितेकी थिइन्।
RECOMENDED News
Latest News
नारायणगढ–मुग्लिन सडकखण्डमा सवारी आवागमन बन्द
चितवन । निरन्तर वर्षाका कारण पहिरोको जोखिम बढेपछि नारायणगढ–मुग्लिन सडकखण्डमा सवारी आवागमन बन्द गरिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनले...
९ असोज २०८३ ८:१२ |मेट्रो संवाददाता
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
साउन १३ मा महाबौद्धमा पञ्चदान र दीपंकर बुद्धको शोभायात्रा
काठमाडौँ । हरेक १२ वर्षमा आयोजना हुने सम्यक महादानको स्मरण गराउने उद्देश्यले साउन १३ गते काठमाडौँको महाबौद्ध महाविहारमा दीपंकर...
१० साउन २०८३ ११:२७ |मेट्रो संवाददाता
थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि
काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...


