काठमाडाैं, भदाै २३ : लोकप्रिय गायक अमर चित्रकार र गायिका सरीता महर्जनको नयाँ नेपालभाषाको गीत “छंगु ल्यूल्यू” हालै सार्वजनिक भएको छ। वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यमा आयोजित एक समारोहमा यो गीत सार्वजनिक गरिएको हो।
गीतका संगीतकार भूपेन्द्र बज्राचार्य र रेकर्डिष्ट फिरोज बज्राचार्य रहेका छन्। गीतको रेकर्डिङ ज्योति रेकर्डस्मा भएको हो।
समारोहमा मदनकृष्ण श्रेष्ठलाई दोसल्ला ओढाई सम्मान गरियो, जुन गायिका सरीता महर्जनद्वारा गरिएको थियो। त्यसैगरी, आरबी डायमण्ड ज्वेलरीका सिइओ रिकेन महर्जनले श्रेष्ठलाई मायाको चिनो प्रदान गरे।
समारोहमा लोकगायक रत्न बेहोशी बज्राचार्य र ललितपुर महानगरपालिका-१६ का अध्यक्ष निर्मलरत्न शाक्यको उपस्थिति थियो। यसका साथै, कार्यक्रमको सभापतित्व आरबी जेम एण्ड ज्वेलरी इण्डष्ट्रिज् प्रा.लि.की निर्देशक रिजु महर्जनले गरेकी थिइन्।
म्यूजिक भिडियोका निर्देशक रवि सायमि, कोरियोग्राफर कृष्णभक्त महर्जन रहेका छन्। छायाँकन, सम्पादन, र रंग संयोजन अमर चित्रकारले गरेका हुन्। भिडियोमा मनोज महर्जन, नेरिसा महर्जन, कृष्णभक्त महर्जन, निश्चल भुजेल, र सुब्रिना चित्रकार लगायतका कलाकारहरूको अभिनय रहेको छ।
श्रृंगारको जिम्मेवारी सनमकुमार श्रेष्ठ र विमला सापकोटाले लिएका थिए भने पोष्ट प्रोडक्सन सुभाष काफ्लेले सम्पन्न गरेका थिए।
RECOMENDED News
Latest News
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
साउन १३ मा महाबौद्धमा पञ्चदान र दीपंकर बुद्धको शोभायात्रा
काठमाडौँ । हरेक १२ वर्षमा आयोजना हुने सम्यक महादानको स्मरण गराउने उद्देश्यले साउन १३ गते काठमाडौँको महाबौद्ध महाविहारमा दीपंकर...
१० साउन २०८३ ११:२७ |मेट्रो संवाददाता
थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि
काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...


