काठमाडौँ, २३ भदाै : कोरोना बिमाबापतको रकम भुक्तानी माग गर्दै आइतबार नेपाल बीमक संघले सर्वोच्च अदालतमा रिट दायर गरेको छ। यस रिट निवेदनमाथि सोमबार बिहान १० बजे सुनुवाइ हुनेगरी पेशी तोकिएको छ।
बीमक संघले सरकारले कोरोना बिमा रकम भुक्तानी नगरेको भन्दै सरकारलाई विपक्षी बनाएर अदालतमा रिट दायर गरेको हो। संघले रिटमा रकम भुक्तानी गराउन अन्तरिम आदेशको पनि माग गरेको छ।
संघको दाबीअनुसार, बीमा कम्पनीहरूले करिब ११ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी छ, जुन रकम सरकारले नै भुक्तानी गर्नुपर्ने दायित्व रहेको छ। कोरोना बिमा मापदण्ड अनुसार उक्त रकम भुक्तानी सरकारले नगरेको भन्दै संघले न्यायिक कदम चालेको हो।
कोरोना बिमा रकम भुक्तानीको लागि नेपाल बीमक संघले सर्वोच्च अदालतमा रिट दायर गरी सरकारले आफ्नो दायित्व पूरा नगरेको आरोप लगाउँदै कानुनी समाधान खोजेको छ।
RECOMENDED News
Latest News
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
साउन १३ मा महाबौद्धमा पञ्चदान र दीपंकर बुद्धको शोभायात्रा
काठमाडौँ । हरेक १२ वर्षमा आयोजना हुने सम्यक महादानको स्मरण गराउने उद्देश्यले साउन १३ गते काठमाडौँको महाबौद्ध महाविहारमा दीपंकर...
१० साउन २०८३ ११:२७ |मेट्रो संवाददाता
थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि
काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...


