नदी किनार ४० मिटर मापदण्ड खारेजीको माग गर्दै प्रदर्शन

नदी किनार ४० मिटर मापदण्ड खारेजीको माग गर्दै प्रदर्शन

मेट्रो संवाददाता

२३ भदौ २०८१ १४:२६

काठमाडौँ, २३ भदाै : नदी किनारा आसपास ४० मिटर क्षेत्र खाली राखेर मात्र संरचना निर्माण गर्नुपर्ने मापदण्डको विरोधमा काठमाडौँका विभिन्न स्थानमा प्रदर्शन भएको छ। सर्वोच्च अदालतले पुरानो २० मिटर मापदण्डलाई बढाएर ४० मिटर कायम गरेपछि यसको खारेजीको माग गर्दै स्थानीयले सडकमा उत्रिएका हुन्।

गोकर्णेश्वर नगरपालिकाका स्थानीयहरूले जोरपाटीमा उक्त मापदण्डविरुद्ध प्रदर्शन गर्दै, “फैसला खारेज गर”, “गैर न्यायीक सडक मापदण्ड खारेज गर”, “जनतालाई घरबारविहीन बनाउन पाइँदैन”, “सार्वजनिक जग्गा अतिक्रमण गर्नेहरूलाई कारबाही गर” जस्ता नाराहरू लेखिएका ब्यानर बोकेका थिए।

स्थानीय बासिन्दाहरूले उक्त मापदण्डले उनीहरूको घरबारमा प्रत्यक्ष असर पर्ने भन्दै यो नियम खारेज गर्न माग गरेका छन्।

काठमाडौँका स्थानीयहरूले नदी किनारको ४० मिटर मापदण्डलाई अन्यायपूर्ण भन्दै यसको खारेजीको माग गर्दै विरोध प्रदर्शन गरेका छन्।

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता