नेवाः परम्पराको संरक्षण : कुमार पूजाले बालबालिकाको स्वास्थ्य र समृद्धिका लागि धार्मिक आस्था बलियो बनाउँदै
काठमाडौं, २६ भदौ : बसन्तपुरमा भाद्र शुक्ल कायाः अष्टमीको अवसरमा १०८ जना कुमारहरूको पूजा सम्पन्न भएको छ। १९ वडा ग्वहालि पुचःले आयोजना गरेको यो परम्परागत पूजा काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलको उपस्थितिमा सम्पन्न भयो।
ग्वहालि पुचःका अध्यक्ष शंकर महर्जनले भने, ‘नेवाः परम्परामा रहेको धार्मिक र सांस्कृतिक मान्यताहरूलाई जोगाउने उद्देश्यले कुमार पूजा आयोजना गरिएको हो। पूजाको उद्देश्य बच्चाहरूलाई निरोगी र दीर्घायु बनाउन मद्दत गर्नु हो।’

इन्द्रजात्राका अवसरमा रथमा विराजमान हुने गणेश र कुमारसँगै अन्य १० जना कुमारहरूको पूजालगत्ते अन्य सहभागी कुमारहरूको पूजा गरिएको थियाे । आयोजक तथा अभिभावकहरूले कार्यक्रममा सहभागी कुमारहरूलाई टीका, फूलपाती, टोपी, प्रसाद र मिठाई वितरण गरिएको थियो।
अभिभावक तथा स्थानीय सुमेस महर्जनका अनुसार, ब्रतबन्ध नगरेका कुमारहरूलाई पूजा गरिन्छ, जसले बच्चाहरूको स्वास्थ्यमा सुधार ल्याउँछ भन्ने विश्वास छ। यस पूजाले भविष्यमा आउने विपत्तिहरूलाई टार्न र धार्मिक विजय प्राप्त गर्न मद्दत पुर्याउँछ।

अभिभावकहरू सहभागि कुमारहरूलाइ चकलेट, बिस्कुट, सगुन वितरण गर्दै ।
अभिभावक साहेल महर्जनले यस पूजाले सुख, शान्ति, निरोगी र समृद्धि प्राप्त हुने विश्वास व्यक्त गरेका छन्। यस पुजाले नेवाः परम्परा, संस्कृतिमा थप टेवा पुर्याउनेछ, उनले भने ।
ग्वहालि पुचःले १०८ जना कुमारहरूको पूजा गत वर्षदेखि सुरू गरेको हो र यस परम्परालाई निरन्तरता दिँदै आएको छ।
RECOMENDED News
Latest News
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
साउन १३ मा महाबौद्धमा पञ्चदान र दीपंकर बुद्धको शोभायात्रा
काठमाडौँ । हरेक १२ वर्षमा आयोजना हुने सम्यक महादानको स्मरण गराउने उद्देश्यले साउन १३ गते काठमाडौँको महाबौद्ध महाविहारमा दीपंकर...
१० साउन २०८३ ११:२७ |मेट्रो संवाददाता
थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि
काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...



