पढाइसँगै व्यवहारिक सीप : तरकारी उत्पादनबाट तीन हजारभन्दा बढी कमाइ
नवलपरासी (२७ भदौ) : कावासोती नगरपालिका–२ स्थित शिव नमूना माध्यमिक विद्यालयका विद्यार्थीहरू “पढ्दै कमाउँदै” कार्यक्रममा सहभागी हुँदै व्यवहारिक सीपमा रमाउन थालेका छन्। कक्षा ५ मा पढ्ने नवीन न्यौपाने अहिले कक्षाको किताब मात्र होइन, विद्यालयको करेसाबारीमा तरकारी खेतीको अनुभव पनि बटुलिरहेका छन्।
नवीनले भने, “सधैं किताब मात्रै पढ्दा ध्यान हट्थ्यो, तर अहिले पढाइसँगै खेती गर्ने मौका पाउँदा दुवै कुरा प्रभावकारी भइरहेको छ।” उनीजस्तै कक्षा ४ देखि ७ सम्मका विद्यार्थी पनि यस कार्यक्रममा सहभागी भई नयाँ सीपहरू सिक्दैछन्।
कक्षा ५ की समीक्षा पाठक पनि यो कार्यक्रमप्रति उत्साहित छिन्। “पहिले पढाइ मात्रै थियो, अहिले खेती गर्न सिक्न पाउँदा रमाइलो लागेको छ,” उनले भनिन्। विद्यालयमा गत वर्षदेखि सुरु गरिएको यो कार्यक्रमले विद्यार्थीहरूको पढाइ र व्यवहारिक सीपलाई जोड्न सफल भएको प्रधानाध्यापक अर्जुनप्रसाद पौडेलले बताए।
विद्यालयकै तरकारी उत्पादन, विद्यार्थीको सिकाइमा थप प्रभाव
विद्यालयले नगरपालिकाबाट प्राप्त २५ हजार रुपैयाँ बजेटमा चार कट्ठा जमिनमा तरकारी खेती सुरु गरेको छ। उत्पादित तरकारी विद्यालय परिसरमै बिक्री हुने व्यवस्था मिलाइएको छ। प्रधानाध्यापक पौडेलका अनुसार, “विद्यार्थीले कक्षामा पढेका कुरा व्यावहारिक रुपमा लागू गरेर प्राविधिक ज्ञान आर्जन गरिरहेका छन्।”
विद्यार्थीको मेहनतले फल दिन थालेको
कार्यक्रम संयोजक अनिता थनेतले सुरुवाती चरणमा विद्यार्थीलाई सहभागी गराउन कठिन भए पनि अहिले उनीहरूको चासो बढेको बताइन्। “विद्यार्थीको मेहनतले राम्रो नतिजा प्राप्त भइरहेको छ, उनीहरूलाई सानै उमेरदेखि श्रम र सीपको महत्त्व बुझाउन सफल भएका छौं,” उनले भनिन्।
विद्यालयले यस सिजनमा तिल र भिन्डी उत्पादन गरेको छ, जसबाट तीन हजार पाँच सय रुपैयाँको तरकारी बिक्री भइसकेको छ। विद्यालयका इन्चार्ज हिरा महतोले भने, “तिल बिक्री गर्न बाँकी छ।”
कार्यक्रमको प्रभाव र भविष्य
नगरपालिकाले यो कार्यक्रम २० वटा सामुदायिक विद्यालयमा सञ्चालन गरिरहेको छ। शिक्षा शाखाका अधिकृत राजन पाण्डेले यो कार्यक्रमले विद्यार्थीलाई प्राविधिक ज्ञान दिँदै दिगो शिक्षामा मद्दत गरेको बताए। उनले भने, “अन्य पालिकाहरूले पनि यसलाई अनुकरण गर्नु उपयुक्त हुन्छ।”
विद्यार्थीले उत्पादन गरेको तरकारी विद्यालयको दिवा खाजामा प्रयोग हुने गरेको छ, जसले विद्यालयलाई हराभरा बनाउँदै खेर गएको स्रोतसाधनको उचित उपयोगसमेत गरिरहेको छ।
RECOMENDED News
Latest News
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
साउन १३ मा महाबौद्धमा पञ्चदान र दीपंकर बुद्धको शोभायात्रा
काठमाडौँ । हरेक १२ वर्षमा आयोजना हुने सम्यक महादानको स्मरण गराउने उद्देश्यले साउन १३ गते काठमाडौँको महाबौद्ध महाविहारमा दीपंकर...
१० साउन २०८३ ११:२७ |मेट्रो संवाददाता
थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि
काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...


