जीर्ण बन्दै ऐतिहासिक गर्भा दरबार

जीर्ण बन्दै ऐतिहासिक गर्भा दरबार

मेट्रो संवाददाता

२७ भदौ २०८१ १८:३९

गोदावरी (कैलाली) : कैलालीको चुरे गाउँपालिका–४ खैरालामा रहेको ऐतिहासिक गर्भा दरबार संरक्षणको अभावमा दिनप्रतिदिन जीर्ण बन्दै गएको छ। विसं १९८४ मा खड्क शम्शेर जङ्गबहादुर राणाले निर्माण गरेको यो दरबार अहिले खण्डहरमा परिणत हुँदैछ। संरक्षणमा सरोकारवाला निकायको चासो नहुँदा ऐतिहासिक र पर्यटकीय महत्व बोकेको दरबारको अवस्था दयनीय बनेको स्थानीय प्रेम गुरुङले बताए।

गुरुङका अनुसार, वर्षौंदेखि प्रयोगविहीन बनेको दरबारको पर्खाल भत्किन थालेको छ र २०५५ सालदेखि भित्ता पनि क्षतिग्रस्त हुँदै गएका छन्। ऐतिहासिक महत्वको गर्भा दरबारलाई संरक्षण गर्न सके पर्यटकीय स्थलको रुपमा विकास गर्न सकिने सम्भावना रहेको उनले बताए।

पर्यटकीय सम्भावना, तर बजेटको अभाव
सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०७५/७६ मा ६० लाख र आव २०७६/७७ मा ५० लाख बजेट विनियोजन गरे पनि प्राविधिक समस्याका कारण बजेट कार्यान्वयनमा आउन नसकेको पूर्वमुख्यमन्त्री दीर्घ सोडारीले जानकारी दिए।

चुरे गाउँपालिकाले गर्भा दरबारलाई पर्यटकीय स्थलका रुपमा विकास गर्ने योजना बनाए पनि बजेट अभावका कारण योजना कार्यान्वयन हुन नसकेको गाउँपालिकाका अध्यक्ष चक्रबहादुर बोगटीले बताए। उनले बजेट सुनिश्चित भएपछि मात्र योजना अघि बढाइने जानकारी गराए।

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता