ऐतिहासिक सम्पदाको संरक्षण गर्दै छिटो, गुणस्तरीय र दीर्घकालीन विकासका लागि आयोजनाले थप छलफल र वैकल्पिक समाधानहरूको खोजी गरिरहेको छ
काभ्रेपलाञ्चोक: उपत्यकाको सीमास्थल काभ्रेको साँगादेखि धुलिखेलसम्मको अरनिको राजमार्ग विस्तार आयोजनामा निर्माण सुस्त भएको छ। जग्गा अधिग्रहणका समस्या, अधिक वर्षा, र ऐतिहासिक संरचनाहरूको व्यवस्थापनमा देखिएको कठिनाइका कारण सडक विस्तारमा ढिलाइ भएको हो।
विशेष गरी बनेपा–धुलिखेल सडकखण्डमा मोड सुधारका लागि थप जग्गा अधिग्रहण गर्नुपर्ने भएकोले स्थानीयसँग भएको विवादले निर्माण कार्य अघि बढ्न सकेको छैन। स्थानीयले सरकारी मूल्याङ्कनभन्दा पाँच गुणा बढी मूल्य माग गरेका छन्, जसले गर्दा आयोजनामा अन्योल सिर्जना भएको छ।
जग्गा अधिग्रहण र संरचनाको व्यवस्थापनमा चुनौती
सडक विस्तार आयोजनाले बनेपा र धुलिखेल नगरपालिकाका दुई वडाका ११ जग्गाधनीसँग १७ कित्ता जग्गा अधिग्रहणका लागि छलफल अघि बढाएको भए पनि सहमति जुट्न सकेको छैन। स्थानीयले प्रतिआना जग्गाको मूल्य ६५ लाख रुपैयाँ माग गरेपछि यो समस्या उत्पन्न भएको हो।
यस्तै, अरनिको राजमार्ग विस्तारका क्रममा ऐतिहासिक आठ संरचनाहरूको व्यवस्थापन र स्थानान्तरणमा समस्या देखिएको छ। विशेष गरी पोखरी, मन्दिर, कुवा, र ढुङ्गाधारा जस्ता सम्पदाहरूलाई व्यवस्थापन गर्नुपर्ने भएकाले काममा ढिलाइ भइरहेको आयोजनाले जनाएको छ।
सम्पूर्ण पक्षहरूबीच सहमति जुटाई निर्माणका अवरोधहरू समाधान गर्दै अरनिको राजमार्गको विस्तारलाई गति दिनुपर्ने आवश्यकता छ। यसले मात्र स्थानीय विकास र यातायात व्यवस्थापनमा सुधार ल्याई उपत्यका र पूर्वी नेपालको यातायातलाई सहज बनाउन सकिन्छ।
परियोजना विवरण र आगामी योजना
सूर्यविनायकदेखि धुलिखेलसम्म १५.५ किमी लामो सडक विस्तारका लागि कुल चार अर्ब पाँच करोड रुपैयाँको ठेक्का लगाइएको थियो। विसं २०७९ साल फागुन १६ गतेबाट सुरु गरिएको निर्माण कार्यको समयावधि ३६ महिना निर्धारण गरिएको छ। दुई लेनको सडकलाई छ लेनमा विस्तार गर्ने योजनामा दायाँबायाँ सर्भिस लेन र २.५ मिटर चौडा फुटपाथ पनि निर्माण गरिनेछ।
सडक विस्तारको कामलाई गति दिनका लागि आयोजनाले स्थानीय जनप्रतिनिधि र अगुवासँग छलफल सुरु गरेको छ।
RECOMENDED News
Latest News
काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल
काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...
२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता
काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल
काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...
२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता
साउन १३ मा महाबौद्धमा पञ्चदान र दीपंकर बुद्धको शोभायात्रा
काठमाडौँ । हरेक १२ वर्षमा आयोजना हुने सम्यक महादानको स्मरण गराउने उद्देश्यले साउन १३ गते काठमाडौँको महाबौद्ध महाविहारमा दीपंकर...
१० साउन २०८३ ११:२७ |मेट्रो संवाददाता
थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि
काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...


