काठमाडौं : काठमाडौंको बागमती र विष्णुमती नदीको दोभानमा रहेको ऐतिहासिक मसान जम्बुद्वीप जिर्णोद्दार समितिको ३५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। कार्यक्रम काठमाडौं महानगरपालिका १२ का वडा अध्यक्ष बालकृष्ण महर्जनको प्रमुख आतिथ्यतामा आयोजना गरिएको थियो।
कार्यक्रमका क्रममा वडा अध्यक्ष महर्जनले समितिलाई आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए। उनले स्थानीय स्तरमा मसान जम्बुद्वीप जस्तो सांस्कृतिक स्थलको संरक्षण र विकासको लागि निरन्तर सहयोगको आवश्यकता रहेको बताए।
समितिका कानुनी सल्लाहकार राम शरण डंगोलले कार्यक्रममा आफ्नो धारणा राख्दै बागमती र विष्णुमती सभ्यता संसारकै पुराना सभ्यतामध्ये एक भएको र मसान क्षेत्र पनि यसको महत्वपूर्ण हिस्सा रहेको बताए। उनले सर्वोच्च अदालतको हालैको आदेशले नदी किनारमा बसोबास गर्ने आदिवासी समुदायको अधिकार कुण्ठित भएको र यसको लागि कानुनी र राजनैतिक लडाइँ लड्नुपर्ने आवश्यकता रहेकोमा जोड दिए।
कार्यक्रमको सभापतित्व समितिका अध्यक्ष विजयलाल डंगोलले गरेका थिए।
RECOMENDED News
Latest News
काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल
काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...
२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता
काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल
काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...
२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता
साउन १३ मा महाबौद्धमा पञ्चदान र दीपंकर बुद्धको शोभायात्रा
काठमाडौँ । हरेक १२ वर्षमा आयोजना हुने सम्यक महादानको स्मरण गराउने उद्देश्यले साउन १३ गते काठमाडौँको महाबौद्ध महाविहारमा दीपंकर...
१० साउन २०८३ ११:२७ |मेट्रो संवाददाता
थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि
काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...



