राष्ट्रपतिद्वारा कुमारीबाट टीका र प्रसाद ग्रहण

राष्ट्रपतिद्वारा कुमारीबाट टीका र प्रसाद ग्रहण

मेट्रो संवाददाता

६ असोज २०८१ १:२७

काठमाडौं  : राष्ट्रपति रामचन्द्र पौडेलले आज राति वसन्तपुरस्थित हनुमानढोका दरबारमा जीवित देवी कुमारीबाट टीका र प्रसाद ग्रहण गरेका छन्। इन्द्रजात्राको अन्तिम दिन राष्ट्रपति पौडेलले कुमारीको हातबाट टीका ग्रहण गर्दै गणेश, कुमारी, र भैरवको पूजा गरेका थिए।

राष्ट्राध्यक्षले हरेक वर्ष कुमारीबाट टीका र प्रसाद ग्रहण गर्ने परम्परा रहेको छ। त्यस अवसरमा, राष्ट्रपति पौडेलले परम्पराअनुसार कुमारीसँग खड्ग साटेका थिए।

इन्द्रध्वजासहितको ‘लिङ्गो’ ठड्याएपछि सुरु हुने इन्द्रजात्रा काठमाडौँ उपत्यकाको सबैभन्दा लामो जात्रा हो। देवराज इन्द्रको पूजा गरी सुरु हुने यो जात्रा भाद्र शुक्ल द्वादशीदेखि भाद्र शुक्ल चतुर्दशीसम्म परम्परागत रूपमा मनाइन्छ।

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता