काठमाडौँ : काठमाडौँ महानगरपालिकाले ‘एक वडा, एक नमूना उद्यम’ कार्यक्रम अन्तर्गत वडाहरूमा उत्पादित सामग्रीको प्रदर्शनी तथा बिक्री नयाँ बानेश्वरस्थित एनबी सेन्टरमा सुरु गरेको छ। उपमेयर सुनीता डंगोलको रोहबरमा भएको सम्झौतापछि असोज ४ गतेदेखि स्टल राख्न सुरु गरिएको हो।
महानगरपालिकाको सामाजिक विकास विभाग प्रमुख समीक्षा निरौला र अस्पायर भेन्चरकी कार्यकारी निर्देशक निरुसा राजभण्डारीले भदौ ३० गते सम्झौतामा हस्ताक्षर गरेका थिए। १ वर्षे सम्झौताअनुसार हरेक शुक्रबार र शनिबार निःशुल्क स्टल राखिनेछ।
उद्यम विकास सहजकर्ता देवकी घिमिरेका अनुसार शुक्रबार १७ वटा स्टल राखिएका थिए। १५ वटा वडाका नमूना उद्यम र गरिबी निवारण लघु उद्यम विकास कार्यक्रम अन्तर्गत वडा नं. ६ र १४ का समूहहरूले स्टल राखेका छन्।
राजभण्डारीले २० वटा स्टल राख्न सक्ने क्षमता रहेको बताउँदै महिला उद्यमीको उत्पादन प्रवर्धन गर्न महानगरसँगको सहकार्यले महिलाहरूको आर्थिक उपार्जनमा सुधार आउने अपेक्षा गरेकी छन्।
वडाका नमूना उद्यमहरूमा गुन्द्रुक, मस्यौरा, तितौरा, फेल्टका सामग्री, सेरामिक्सका सामान, पोते गहना, दुना टपरी, रुद्राक्ष माला, अचार र काष्ठकला लगायत विभिन्न उत्पादनहरू समावेश छन्।
वडा नं. ५ मा सेरामिक्स उद्यमका लागि प्रविधि हस्तान्तरण भएको र यसले उत्पादन वृद्धि र प्रवर्धनमा सहयोग पुर्याएको छ।
महानगरपालिकाले यस कार्यक्रममार्फत साना उद्यमीहरूलाई तालिम दिएर उद्यमी बन्न प्रोत्साहित गर्ने र स्वदेशी उत्पादनको बजार विस्तार गर्न बिक्री केन्द्र स्थापना गर्ने योजना अघि सारेको छ। भविष्यमा ‘नेपाल उत्पादन मेला’ आयोजना गर्ने र त्यसमा ‘काठमाडौँ उत्पादन’लाई विशेष स्थान दिने महानगरको योजना रहेको छ।
RECOMENDED News
Latest News
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
साउन १३ मा महाबौद्धमा पञ्चदान र दीपंकर बुद्धको शोभायात्रा
काठमाडौँ । हरेक १२ वर्षमा आयोजना हुने सम्यक महादानको स्मरण गराउने उद्देश्यले साउन १३ गते काठमाडौँको महाबौद्ध महाविहारमा दीपंकर...
१० साउन २०८३ ११:२७ |मेट्रो संवाददाता
थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि
काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...


