तिब्बतसँग जोडिएको कोरला नाकामा सञ्चार सुविधा विस्तार

तिब्बतसँग जोडिएको कोरला नाकामा सञ्चार सुविधा विस्तार

मेट्रो संवाददाता

९ असोज २०८१ १४:१०

म्याग्दी : तिब्बतसँगको सिमाना जोडिएको कोरला नाकामा सञ्चार सेवा विस्तार भएको छ। नेपाल टेलिकमले कोरला नाकामा टु जी र फोर जी इन्टरनेट तथा मोबाइल फोन सेवा उपलब्ध गराउन बीटीएस टावर स्थापना गरेको छ, जसले स्थानीय बासिन्दासँगै व्यापारी, सुरक्षाकर्मी, भन्सार कर्मचारी, पर्यटक लगायत सबैलाई सञ्चारमा सहज बनाएको छ।

मुस्ताङको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले सञ्चार सुविधा विस्तार भएसँगै सबैका लागि पहुँचमा सुधार आएको बताए। कोरला नाकामा यसअघि वैशाखमा विद्युत् सेवा विस्तार भएको थियो, र गण्डकी प्रदेशको लगानीमा त्यहाँ अध्यागमन, भन्सार, तथा सुरक्षा निकायका कार्यालय स्थापना गर्ने तयारी भइरहेको छ।

यस क्षेत्रमा बसोबास गर्ने स्थानीय बासिन्दाहरू नियमित रूपमा तिब्बतको नेचुङ–लिचीसम्म व्यापारिक आवतजावत गर्दै आएका छन्।

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता