भरतपुर महानगरद्वारा नारायणगढको लायन्स क्लबको सार्वजनिक जग्गामा बनेको पाँचतले भवन भत्काइयो

भरतपुर महानगरद्वारा नारायणगढको लायन्स क्लबको सार्वजनिक जग्गामा बनेको पाँचतले भवन भत्काइयो

मेट्रो संवाददाता

९ असोज २०८१ १२:४२

चितवन : भरतपुर महानगरपालिकाले नारायणगढको लायन्स क्लबद्वारा सार्वजनिक जग्गामा अनधिकृत रूपमा निर्माण गरिएको पाँचतले भवन भत्काएको छ। पुङ्गी खोलाको ८० प्रतिशत भाग र पूर्व–पश्चिम राजमार्गको २० प्रतिशत भाग मिचेर बनाइएको उक्त भवनलाई महानगरपालिकाको डोजर प्रयोग गरी हटाइएको हो।

महानगरका इन्जिनियर सूर्य लामाका अनुसार, बारम्बारको सूचनाको अवज्ञा भएपछि बल प्रयोग गरी उक्त भवन हटाइएको हो। भवन भत्काउने कार्यमा भरतपुर महानगर प्रमुख रेनु दाहाल र उपप्रमुख चित्रसेन अधिकारी पनि उपस्थित थिए।

तीन धुर जमिनमा बनेको उक्त भवनले राजमार्गको मापदण्ड उल्लङ्घन गरेको थियो। नगरप्रमुख रेनु दाहालले अवैध रूपमा सरकारी जग्गामा बनेका संरचना हटाउने कार्यलाई महानगरले निरन्तरता दिने बताउँदै, वर्षौंदेखि सरकारी जग्गा हडपेर ठूला भवन निर्माण गर्ने र भाडामा लगाउने प्रवृत्तिलाई अन्त्य गर्न लागिएको उल्लेख गरिन्। महानगरले पुङ्गी खोलाको सौन्दर्यकरणको काम गरिरहेको छ र खोलाको जग्गा मिचेर बनाइएका अन्य भवनहरू पनि हटाउने तयारी भइरहेको छ।

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता