बाढी प्रभावितलाई अस्थायी बासस्थान र खानाको व्यवस्था

बाढी प्रभावितलाई अस्थायी बासस्थान र खानाको व्यवस्था

मेट्रो संवाददाता

१३ असोज २०८१ १२:४२

काठमाडौं : अविरल वर्षाका कारण बाढीले काठमाडौंका विभिन्न वडाहरूमा जनजीवन प्रभावित भएपछि अस्थायी बासस्थान र खानाको व्यवस्था गरिएको छ। वडा नं. १०, ११, र १४ का बाढी प्रभावितलाई अस्थायी रूपमा बासस्थान र खानाको आपूर्ति गरिएको हो।

वडा नं. १० मा ४ सय जनालाई विहान र ५ सय जनालाई बेलुका खानाको व्यवस्था गरिएको थियो। वडाध्यक्ष रामकुमार के.सी. का अनुसार शनिबारदेखि अवस्था सामान्य हुँदै गएकोले बेलुकाबाट खाना वितरण रोकिनेछ। शंखमुल, बुद्धनगर, र दोभान क्षेत्रमा बागमती नदीले बढी प्रभाव पारेको छ।

No description available.

वडा नं. १४ मा बल्खु र आसपासका क्षेत्र बढी प्रभावित भएका छन्। अध्यक्ष सुमन श्रेष्ठले १२५ जनालाई कम्बल वितरण गरिएको र ४ सय जनाका लागि खानाको व्यवस्था गरिएको जानकारी दिए। विद्यालयमा १६ वटा कोठामा अस्थायी रूपमा बस्ने व्यवस्था गरिएको छ।

वडा नं. ११ मा वंशीघाटका बाढी प्रभावितलाई खानाको प्रबन्ध गरिएको थियो। सरोज मुल्मीका अनुसार प्रभावितलाई पसलबाट खाद्यान्न ल्याएर क्याटरिङबाट खाना पकाउने व्यवस्था गरिएको छ। पौरखी बस्तीका ६ सय जनाका लागि गुह्येश्वरी स्कूलमा खानाको व्यवस्था गरिएको छ।

नगर प्रहरी बल र स्थानीय जनप्रतिनिधिहरूले १,१६० जनाको उद्धार गरेका छन्। विभिन्न स्थानमा रेस्क्यु बोटको प्रयोग गरेर खोज र उद्धार कार्य गरिएको हो। बाढी पहिरोका कारण ११ जनाको मृत्यु भएको छ भने १,३४० घर डुबानमा परेका छन्।

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता