२१ जिल्लामा बाढी पहिरोको असर: २२४ जनाको मृत्यु, ११ अर्बभन्दा बढीको क्षति

२१ जिल्लामा बाढी पहिरोको असर: २२४ जनाको मृत्यु, ११ अर्बभन्दा बढीको क्षति

मेट्रो संवाददाता

१५ असोज २०८१ १७:०८

काठमाडौँ – असोज ११ र १२ गतेको बाढी, पहिरो र डुबानबाट हालसम्म २२४ जनाले ज्यान गुमाएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा आयोजित पत्रकार सम्मेलनमा मुख्यसचिव एकनारायण अर्यालले विपद्‌का कारण भएको धनजनको क्षतिबारे जानकारी गराए।

मुख्यसचिव अर्यालले २१ जिल्लामा बाढी पहिरोले प्रभाव पारेको र २४ जना अझै बेपत्ता रहेको बताए। त्यस्तै, १५८ जना घाइते भएको र ४ हजार ३३१ जनाको उद्धार भएको जानकारी पनि दिइयो।

प्रारम्भिक अनुमानअनुसार, बाढी र पहिरोबाट ११ अर्बभन्दा बढीको क्षति भएको छ। खानेपानीतर्फ ३ अर्ब ५५ करोड, सडकमा २ अर्ब ५२ करोड, ऊर्जामा ४ अर्ब र सिँचाइमा १ अर्बको क्षति भएको छ। कृषिमा मात्र ६ अर्ब बराबरको नोक्सान भएको छ।

सरकारले ३० हजार ७ सय सुरक्षाकर्मीसहित हेलिकोप्टर प्रयोग गरी खोजी र उद्धार कार्य गरिरहेको छ। अवरुद्ध ३७ राजमार्गमध्ये ९ वटा सञ्चालनमा आइसकेको र बाँकी सडक खोल्ने प्रयास जारी छ।

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता