कामपा १८ वडामा फोहर वर्गीकरणसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

कामपा १८ वडामा फोहर वर्गीकरणसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

मेट्रो संवाददाता

१५ असोज २०८१ १९:५०

टिकटकमा अनावश्यक सामग्री हेर्नु भन्दा उपयोगी पुनः प्रयोगसम्बन्धी सामग्री हेर्न सुझाव दिए।

काठमाडौँ : काठमाडौँ महानगरपालिका वडा नं १८ ले फोहर वर्गीकरणका लागि कुहिने र नकुहिने फोहर सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रम वडाध्यक्ष न्हुछेकाजी महर्जनको अध्यक्षतामा भएको हो, जसमा वडा सदस्य हेराशोभा महर्जनको व्यवस्थापन थियो।

वडासदस्यहरू हेमज्योति शाक्य, रचना शर्मा, र अम्बिका सुनारको उपस्थिति रहेको कार्यक्रममा वडाध्यक्ष महर्जनले फोहर व्यवस्थापनको सचेतनाका लागि विगतदेखि नै निरन्तरता दिइँदै आएको बताए।

वडाअध्यक्ष महर्जनले प्लास्टिक पुनः प्रयोग गरी विभिन्न सामग्री बनाउन तालिमहरू प्रदान गरिरहेको जानकारी दिंदै टिकटकमा अनावश्यक सामग्री हेर्नु भन्दा उपयोगी पुनः प्रयोगसम्बन्धी सामग्री हेर्न सुझाव दिए। साथै, महानगरले अनुदानमा कम्पोष्ट विन उपलब्ध गराइरहेकाले कुहिने फोहरलाई मल बनाएर कौशी खेतीमा प्रयोग गर्न आग्रह गरे।

 

कार्यक्रममा शहरी योजना आयोगकी सदस्य सरस्वती मानन्धरको टोलीले फोहर वर्गीकरणसम्बन्धी प्राविधिक जानकारी दिएको उक्त कार्यक्रममा ६० जना वडाका महिलाको सहभागिता रहेको कार्यक्रम सफलतापूर्वक सम्पन्न भयो।

May be an image of 4 people and people smiling

May be an image of 6 people, people studying and clarinet

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता