हेटौँडा–चित्लाङ–काठमाडौँ सडकमा पुनः सवारी सञ्चालन

हेटौँडा–चित्लाङ–काठमाडौँ सडकमा पुनः सवारी सञ्चालन

मेट्रो संवाददाता

१८ असोज २०८१ ११:१५

बागमती : हेटौँडा–चित्लाङ–चन्द्रागिरि–काठमाडौँ र हेटौँडा–पालुङ–नौबिसे सडक खण्डमा आज बिहानदेखि सवारीसाधन पुनः सञ्चालनमा आएका छन्। जल तथा मौसम विज्ञान विभागले भारी वर्षाको चेतावनी जारी गरेपछि स्थानीय प्रशासनले केही समय सवारी रोक लगाएको थियो।

मकवानपुर जिल्ला प्रहरी कार्यालयका निमित्त प्रवक्ता ठाकुरप्रसाद सापकोटाले कुनै अवरोध नभएको पुष्टि गर्दै सवारी पुनः सञ्चालन भएको जानकारी दिए। हेटौँडा–पालुङ–नौबिसे सडकमा भने हाल हलुका सवारी सञ्चालन भइरहेको छ।

प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालले बाढीपहिराबाट अवरुद्ध सडकहरू खुलाउन सडक विभाग, सुरक्षाकर्मी, र प्राविधिक टोलीले निरन्तर काम गरिरहेको बताए। हेटौँडा–भैँसे–रातोमाटे खण्डको पहिरो पन्छाउन चारवटा मेसिन परिचालन गरिएका छन्। साथै, इन्द्रसरोवर गाउँपालिका नजिकको कुलेखानी पुलको पुनर्निर्माण कार्य पनि जारी छ।

तरकारी–फलफूल थोक बजार संस्थामा कार्यसमिति निर्बिरोध चयन

काठमाडौं महानगरपालिका–१३ कालिमाटीमा अवस्थित केन्द्रिय तरकारी–फलफूल बजारका व्यवसायीहरूको प्रतिनिधिमूलक संस्था तरकारी फलफूल थोक बजार व्यवसायिक संस्थाको ३१औँ वार्षिक साधारण...

३ मंसिर २०८२ १२:४२ |मेट्रो संवाददाता

वसन्तपुरमा २७औँ वर्षदेखि सामूहिक भाइटीका

काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचिकृत वसन्तपुर दरबार क्षेत्रको मरुसत्तलमा यस वर्ष पनि सामूहिक भाइटीका कार्यक्रम सम्पन्न भएको छ...

६ कार्तिक २०८२ २०:४० |मेट्रो संवाददाता

नेवार र तीज : सांस्कृतिक अनुकूलन, मिडिया प्रभाव र पहिचानको प्रश्न

तीज नेपालमा प्रचलित महिला–केन्द्रित पर्व हो, जसमा शिव–पार्वतीको विवाहकथा, व्रत, र गीत–नृत्य मुख्य अंग छन्। परम्परागत रूपमा यो बाहुन–क्षेत्री...

२६ साउन २०८२ १४:२९ |मेट्रो संवाददाता