बाढी, पहिरो प्रभावितको पीडाः ‘न बस्ने बासको ठेगान छ, न छ खाने गासको’

बाढी, पहिरो प्रभावितको पीडाः ‘न बस्ने बासको ठेगान छ, न छ खाने गासको’

राधिका बुढाथोकी

१९ असोज २०८१ १४:१९

सिन्धुली : लगातार आएको बाढी र पहिरोले सिन्धुलीका विभिन्न गाउँ र नगरहरूमा ठूलो विनाश गरेको छ। स्थानीयहरू विस्थापित हुनुका साथै जीविकोपार्जनका स्रोतहरू ध्वस्त भएका छन्। पाँच जनाको परिवारसँगै बस्दै आएका विनय कोइरालाको परिवार पनि यस विपद्का कारण सुकुम्बासी भएको छ। उनीहरूले दसैँको तयारी गरिरहेकै बेला पहिरोले विनाश ल्यायो। बाढीले धानबाली नष्ट गर्‍यो भने पहिरोले घर थिच्यो, जसले गर्दा १२ वर्षीय विनय कोइरालाको ज्यान गयो।

कोइराला परिवार अहिले शोकमा डुबेको छ। विनयका आमा बिन्दा र बुबा बोधकुमारले आफ्नो सन्तानलाई गुमाउनु परेको पीडा सहन नसकिरहेको बताए। “घरमाथि रहेको पर्खाल खस्दा मेरो घरमाथि ढल्यो, र त्यसले छोरोको ज्यान लियो,” भक्कानो छोड्दै बिन्दाले आफ्नो वेदना व्यक्त गरिन्। प्रहरीले २४ घण्टापछि विनयको शव निकाल्दा शरीरमा दुर्गन्ध फैलिइसकेको थियो।

बाढीले सिन्धुलीमा मात्र तीन जनाको ज्यान लिएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार एक जनाको बाढीमा र दुई जनाको पहिरोमा परेर मृत्यु भएको हो।

सिन्धुलीका धेरै भागमा भौतिक संरचनाहरूमा क्षति पुगेको छ। सुनकोसी–१ नेपालथोकमा रहेका पाँच रोपनीमा फैलिएको नमोबुद्ध आयलस्टोर पनि बाढीले पूर्ण रूपमा नष्ट गरेको छ। पेट्रोल पम्पका संचालक भुपाल घिसिङले बाढीले सबै संरचना र तेलका ट्याङ्कीहरू बगाएको बताए।

फिक्कल गाउँपालिकामा तीन सयभन्दा बढी घरपरिवार बाढी र पहिरोको चपेटामा परेका छन्। धानबालीमा ठूलो क्षति पुगेको छ भने विद्युत्को आपूर्ति पनि अवरुद्ध भएको छ। सुनकोसी र गोलञ्जोर गाउँपालिकामा धेरै परिवार विस्थापित भएका छन्, जहाँ घर, विद्यालय, पुल, र पानी तान्ने मोटरहरू नष्ट भएका छन्।

विपद्को समयमा स्थानीय तहका स्रोतसाधनले मात्रै क्षतिपूर्ति गर्न नसक्ने बताउँदै, गोलञ्जोर गाउँपालिका उपाध्यक्ष ज्वालाप्रसाद न्यौपानेले संघीय र प्रदेश सरकारको विशेष सहयोग आवश्यक रहेको जनाए।

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता